Comments Add Comment

यी वृद्धले किन टाँसे बसपार्कमा विज्ञापन ?


‘कोही मान्छेले मलाई अपनाउनुहोस्, म एक्लै मर्न चाहन्न ।’

चीनका हान जिचेंग नामक वृद्धको अपिल हो यो ।

उनले अहिलेसम्म आफ्नो जिवनमा चिनिया गृहयुद्ध, जापानी आक्रमण तथा सांस्कृतिक क्रान्ति जस्ता अनेक घटनाहरु भोगिसकेका छन् । तर अहिले एक्लै जिवन बिताउनुपर्दा उनी थाकेका छन् ।

८५ वर्षका जिचेंग ८० को दशकदेखि एक्लै बस्दै आएका छन् । उनी आफ्नो दैनिकी एक्लै चलाउँदै आएका छन् । पसल चलाएका छन् । आफ्नो लागि खानेकुरा बनाउने तथा घरका अरु सबै काम आफै गर्दछन् ।

तर अब उमेरले डाँडा काटेपछि उनलाई कसैको सहारा चाहियो । त्यसैले उनले आफ्नो घर नजिकै रहेको एउटा बसन स्टेसन अगाडिको भित्तामा पोष्टरमा लेखिएको सूचना टाँस गरेका छन् । जसमा लेखिएको छ ‘मलाई अपनाउनुहोस् ।’

उनले उक्त सूचनामा आफु एक्लै मर्न नचाहेको भन्दै लेखेका छन्, ‘मलाई कुनैपनि बिमार छैन, हरेक महिना साढे ९ सय डलर बराबरको रकम पेन्सन पाउँछु । तियान्जिनमा एउटा अनुसन्धान केन्द्रबाट सेवा निवृत्त कर्मचारी हुँ म ।’

कुनै दयालु व्यक्ति वा परिवारले आफुलाई बुवाको रुपमा अपनाउने र बुढेसकालमा आफ्नो हेरचाह गर्ने आशा उनको छ । साथै मरेपछि आफ्नो अन्तिम संस्कार पनि हुनेछ भन्ने उनले अपेक्षा गरेका छन् ।

आफु अहिले सक्रिय जिवन बिताइरहेको भन्दै उनले आफुले आफ्नो काम आफैं गर्नसक्ने पनि बताएका छन् ।

तर आफ्नो पत्नीको मृत्यु भएको, छोराले पनि एक्लै छाडिदिएका कारण आफू जीवनदेखि निरास भएको र आफ्नो हातगोडा चल्न छाड्दाको दिनदेखि आफूलाई रेखदेख गर्ने मानिसको खोजी अहिलेदेखि नै गरेको उनको भनाइ छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment