Comments Add Comment

३० लाखमा बिक्यो ट्रम्पको नांगो मूर्ति (फोटो फिचरसहित)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नांगो मूर्तिका बारेमा सम्झना छ ? सन् २०१६ को राष्ट्रपति चुनावमा बेला तत्कालिन उम्मेदवार ट्रम्पको निर्वस्त्र मूर्ति बनाएका थिए एकजना कलाकारले । उक्त मूर्तिको हालै लिलामी भएको छ ।

डोनालड ट्रम्पको त्यस नांगो मूर्ति २८ हजार डलर अर्थात् झण्डै ३० लाख रुपैयाँमा बिकेको छ ।

उक्त मूर्ति तत्कालिन समयमा न्युयोर्कको एउटा चर्चित पार्क लगायतका विभिन्न ४ ठाउँमा राखिएको थियो । त्यस समय मानिसहरुले उक्त मूर्तिबाट निकै मज्जा लिएका थिए र धेरैले मूर्तिसँग सेल्फी पनि खिच्न भ्याएका थिए । ती चार मध्ये तिनवटा मूर्ति त तोडफोड भैसकेको छ र बँचेको एउटा मूर्तिको हालै लिलामी भएको हो ।

लस एन्जल्सको ४६०० ब्लकस्थित हलिउड बुलेवार्डमा कडा सुरक्षाबीच उक्त मूर्ति राखिएको थियो । जुलियस अक्सन्सले बुधबार घोषणा गरे अनुसार लस एन्जल्सको एक लिलामीमा उक्त मूर्ति बिकेको हो ।

उक्त मूर्तिमा ट्रम्पको भुँडी निकै ठूलो देखिन्छ । उक्त मूर्ति ज्याक बेगेन्सले खरीद गरेका हुन् ।

उक्त मूर्ति जिन्जर नामक कलाकारले बनाएका हुन् ।

सन् २०१६ मा उनले वासिंटन पोष्टलाई बताए अनुसार उक्त मूर्ति माटो र सिलिकनबाट बनेको छ । साथै यसको तौल ८० पाउण्ड रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment