Comments Add Comment

‘रोजी’ निर्देशकले गराए प्रदिपको मुख बन्द, मिलनका आरोपबारे नबोल्ने


नायक प्रदिप खड्का र निर्देशक मिलन चाम्सविच अहिले बोलचाल नै छैन । चलचित्र ‘लिलिबिली’मा काम गरेपछि मिलन र प्रदिपको सम्बन्ध बिग्रिएको हो ।

यस विषयमा मिडियामा बोल्दै मिलनले प्रदिपमाथि एकहोरो आरोपहरु लगाइरहेका छन् । पछिलल्लो समयमा प्रदिप घमण्डी बनेको र आफैंसित स्टारडम देखाउन थालेको मिलनको आरोप छ । तर, प्रलिप भने चुपचाप छन् । मिलनले लगाएका आरोपमा आजसम्म कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

चकलेटी नायक खड्का अहिले मिलन काण्डको बिषयमा केही पनि बोल्ने मुडमा छैनन् । उनले भने-‘अहिले मलाई चलचित्र ‘रोजी’का निर्देशक निरक पौडेलले यो बिषयमा केही पनि नबोल्न भन्नुभएको छ । अब, त यो कुरा पुरानो पनि भैसक्यो ।’

यस्तै, उनी चलचित्र ‘रोजी’को बिषयमा पनि केही बोल्न चाहन्नन् । यो चलचित्रको घोषणाअघि केही पनि नबोल्न उनलाई निरकले नै सुझाव दिएका हुन् । यसैले, प्रदिप अहिले मिलन काण्ड र चलचित्रको बिषयमा केही पनि बोल्ने मुडमा छैनन् ।

प्रदिपले आज मात्र एक कन्सलटेन्सीको ब्रान्ड एम्ब्यासडरको रुपमा हस्ताक्षर गरे । ‘ब्राडफोड इजुकेशन कन्सलटेन्सी’को ब्रान्ड एम्ब्यासडरको रुपमा उनी नियुक्त भएका हुन् । यसअघि, प्रदिप ‘नोभेम्बर’ नामक ब्रान्डसँग पनि जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment