Comments Add Comment

प्रदेश सरकारको उर्दी : मोदीको स्वागतमा बसका बस जनता ओसार्नू


२३ वैशाख, सप्तरी । प्रदेश सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बसमा जनता ल्याउन स्थानीय सरकारहरुलाई उर्दी जारी गरेको छ ।

मोदी २८ गते जनकपुर आउनेछन् । पटनाबाट सिधै जनकपुर आउन लागेका उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

त्यसका लागि प्रदेशका आठ वटै जिल्लाबाट हजारौं जनतालाई जनकपुर पुर्‍याउन प्रदेश सरकारको तयारी छ । ‘आठ वटै जिल्लाबाट व्यापक जनता कसरी ल्याउने भन्नेमा हामी गम्भीर छौं’ प्रदेशका कृषि, भूमि व्यवस्थामन्त्री शैलेन्द्र साहले भने ।

प्रदेश सरकारले ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई स्वागत तथा अभिनन्दन गर्न जनकपुर जाऔं’ भन्दै प्रचार सुरु गरेको छ ।

आइतबार सप्तरीमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकले प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रका जनतालाई जनकपुर लैजाने निर्णय गरेको छ ।

मन्त्री शैलेन्द्र साहकै उपस्थितिमा बसेको बैठकले सबै स्थानीय तहले कम्तीमा २ वटासम्म बस भाडामा लिएर जनतालाई जनकपुर लैजाने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जानकारी दिएका छन् ।

यसका लाथि सप्तरीमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको संयोजकत्वमा व्यवस्थापन समिति बनाइएको छ ।

जनपरिचालन समितिका संयोजक मन्त्री साहले धनुषा र महोत्तरीले सय वटाभन्दा बढी बसमा मानिस ल्याउनेछन् ।

‘अन्य जिल्लाको हकमा एक स्थानीय तहबाट कम्तीमा दुई वटासम्म बसमा जनतालाई ल्याउने कुरा भएको छ’ प्रदेश मन्त्री साहले भने, ‘प्रायः सबै जिल्लामा यससम्बन्धी छलफल भइसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment