बुधबार, ९ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुल्यो

Suzuki
अनलाइनखबर

२४ वैशाख, सल्लेरी, सोलुखुम्बु । सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुलेको छ ।  सगरमाथा आरोहणका लागि प्रयोग गरिने क्याम्प चारसम्मको बाटो खुलिसकेको सगरमाथा आरोही किताबसिं तामाङले जानकारी दिए ।

सगरमाथा आधार शिविरदेखि क्याम्पचारसम्मको बाटो बनाइसकेर अधिकांश आरोही क्याम्प तीनसम्म पुगिसकेका छन् । अहिले आरोही क्याम्प एक, दुई, तीन हुँदै क्याम्प चारसम्म धमाधम गइरहेको आरोही तामाङले बताए ।

आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले निर्माण गरेको छ भने क्याम्प दुईदेखि चारसम्मको बाटो विभिन्न ट्रेकिङ कम्पनीले निर्माण गरेका हुन् ।

मौसम रिपोर्टअनुसार मे ५ देखि ८ सम्म छ हजार माथि अत्यधिक हावा चल्ने भएकाले अहिले अधिकांश आरोही सगरमाथा आधार शिविरमा झरेको पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिए ।

आरोही हाईअल्टीच्यूट पचाउनको लागि सबैभन्दा पहिला क्याम्प चारसम्म पुग्ने र पुनः आधार शिविरमा फर्केर आराम गरिसकेपछि सगरमाथाको चुचुरोमा जाने गर्छन् । क्याम्प चारदेखि माथि चुचुरोसम्मको बाटो कुन माउण्टेरिङ गाइडले निर्माण गर्ने भन्ने विषयमा अझै छलफल भइरहेको स्रोतले जनाएको छ ।

क्याम्प चारदेखि सगरमाथाको चुचुरोसम्म डोरी टाँगिसकेपछि धमाधम आरोहण गरिन्छ । पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३४६ जनाले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि ३४ वटा विदेशी समूहका ३२६ जना र चार वटा नेपाली समूहका २० जना आरोही रहेको पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । पर्यटन विभागको तथ्यांकअनुसार चार वटा नेपालीका २० जना आरोहमध्ये १५ जना महिला छन् ।

२०७५ वैशाख २४ गते ९:१७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this