Comments Add Comment

भारतीय ई–कमर्श मार्केटमा आउँदै फेसबुक


भारतमा आर्थिक कारोबारको भुक्तानीको क्षेत्रमा ह्वाट्सएपको माध्यमबाट प्रवेश गरेसँगै फेसबुकको ध्यान भारतको बढ्दो इ कमर्श मार्केटतर्फ मोडिएको छ ।

भारतीय बजारमा फेसबुकले सबैभन्दा ठूलो रिटेलर्स अमेजन तथा वालमार्टको सामना गर्नुपर्नेछ ।

भारतमा इ कमर्शको क्षेत्रमा हात हाल्ने प्रयोजनका लागि फेसबुकले विभिन्न ब्राण्डहरुसँग कुारकानी गरिसकेको छ ।

आगामी जुन महिनामा फेसबुक मार्केटप्लेसँगै भारतमा सफ्टलञ्च हुनसक्ने बताइएको छ । फेसबुक आफ्नो मार्केटप्लेसमा प्रडक्टहरु अपलोड गर्ने तथा अडर गर्नका लागि टूल्स बनाउनेछ र केही महिनाभित्रमा यसमा पेमेन्ट गर्न सकिने अप्सन पनि थप गर्नेछ । तत्कालका लागि चाहीँ फेसबुकले मार्केटप्लेसमार्फत ग्राहकलाई बिक्रेताको फेसबुक पेज वा वेबसाइटमा रिडाइरेक्ट गरी यसको सुरुवात गर्नेछ ।

स्मरण रहोस् फेसबुकले झण्डै ६ महिना पहिले नै भारतमा कन्जुमर टू कन्जुमर इन्टरफेसको रुपमा आफ्नो मार्केटप्लेस लञ्च गरेको थियो । फेसबुकको यो टूल्सले निकै राम्रो प्रतिक्रिया प्राप्त गरेको छ ।

कम्पनीका प्रवक्ताले भनेका छन्, ‘हामीले गत नोभेम्बरमा सबैभन्दा पहिले मार्केटप्लेसलाई भारतमा लञ्च गरेका थियौँ र त्यसयता हामीहरु लगातार मानिसहरुका आवश्यकताका विषयमा जान्ने प्रयास गरिरहेका छौँ । हामीले आउँदा दिनमा पनि मानिसहरुका आवश्यकताको खोजी गरिरहने छौँ ।’

भारतमा अनलाइन रिटेल मार्केट तिव्र रुपमा बढिरहेको छ र यस वर्षको अन्त्यसम्ममा २७ अर्ब डलर सम्म पुग्नसक्ने बताइएको छ । भारतमा बढ्दो व्यापार देखेर विश्वस्तरीय अनलाइन बिक्रेताहरुको ध्यान भारततर्फ मोडिएको हो ।

उता गुगल पनि इ कमर्शको क्षेत्रमा छिटै नै प्रवेश गर्दैछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment