Comments Add Comment

एनसेलको थ्रिजी सेवा ५४ प्रतिशत जनसंख्यामाः आजियाटा

२४ वैशाख, काठमाडौं । निजी क्षेत्रको मोवाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले तेस्रो पुस्ताको सेवा अर्थात थ्रिजी कुल जनसंख्याको ५४ प्रतिशत जनसंख्याको पहुँचमा पुर्‍याएको छ । कम्पनीको प्रमुख लगानी कर्ता मलेसियन कम्पनी आजियाटाका अनुसारले हालै सार्वजनिक गरेको सन् २०१७ को एकिकृत वाषिर्क प्रतिवेदनमा यो तथ्यांक उल्लेख छ ।

सरकारले गत वर्ष प्रविधि तटस्थताको अनुमति दिए पछि एनसेलले ९०० मेगाहर्ज मार्फत ग्रामीण र दूरदराजका भेगमा दु्रतगतिको मोवाइल डाटा सेवाका लागि थ्रिजी सेवाको विस्तार गर्ने बताएको थियो । सेवा विस्तारले गर्दा ग्रामिण भेगका मानिसहरुले उच्च गतिको डाटा सेवाबाट फाइदा लिन पाएका छन् । एनसेलले सन् २०१७ को अन्त्य सम्ममा २,६९९ थ्रिजी साइटहरु जडान गरी सेवा सञ्चालन गर्दै आएको छ ।

“एनसेलको थ्रिजी सेवा कभरेज ५३.९ जनसंख्यामा पुगेको छ,” वाषिर्क प्रतिवेदनमा भनिएको छ । नेपाल दूरसंचार प्राधिकरणले फ्रिक्वेन्सी नीतिको आधारमा एनसेललाई गतवर्ष जेठमा ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अपनाउन अनुमति प्रदान गरेको थियो ।

यसैका आधारमा एनसेलले १८०० मेगाहर्ज ब्याण्डमा आफुलाई प्राप्त ११ मेगाहर्ज फ्रिक्वेन्सी मध्यबाट ५ मेगाहर्ज फोरजी सेवा विस्तारमा प्रयोग गर्दै आएको छ ।

थि्रजीका साथै एनसेलले फोरजी पनि विस्तार गरेको छ । प्रतिवेदन अनुसार, एनसेलले फोरजी सेवा १५.५ प्रतिशत जनसंख्याको पहुँचमा पुर्याउदै यो सेवा २१ श्ाहरमा विस्तार गरिसकेको छ ।

फोरजी र थि्रजीको विस्तारका कारण एनसेलको डाटा ग्राहक संख्या र इन्टनेटबाट हुने आम्दानी पनि बढेको छ । कुल आयमा इन्टरनेटबाट हुने आयको १९ प्रतिशत योगदान रहेको र इन्टरनेटबाट मात्र हुने कम्पनीको आम्दानी १७.८ प्रतिशतले बढेको र साथै इन्टरनेट खपतको भोल्युम पनि १३१ प्रतिशतले वृद्घि भएको सो प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीले सन् २०१७ मा कुल रु ५८.१ अर्ब आय गरेको थियो र आफ्नो नेटवर्क र सेवाहरुको गुणस्तर सुधारका लागि रु १२ अर्ब लगानी गरको थियो । प्रतिवेदन अनुसार एनसेलका कुल १ करोड ६४ लाख ग्राहक छन् र ७१ लाख ग्राहकले मोवाइल इन्टरनेट सेवा लिएका छन् ।

थ्रिजीको विस्तारित नेटवर्क कभरेजले देशभरीका १,००० भन्दा बढि विकट तथा दुर्गमका ठाउँहरुमा आफ्नो थ्रिजी सेवा पुग्ने जनाएको थियो । द्रुत गतिको मोबाइल इन्टरनेट सेवाको पहुँचबाट ग्राहकहरुले विभिन्न फाइदाहरु लिन सक्छन् ।

विश्व बैंकले गरको एक अध्ययनअनुसार मोबाइल ब्रोडब्याण्डमा पहुँचले तत्काल आर्थिक वृद्धिदर बढाउन मद्दत गर्दछ । ब्रोडब्याण्ड जनघनत्वमा १० प्रतिशत विन्दुले वृद्धि हुँदा देशको आर्थिक वृद्धिदर १.३८ प्रतिशत विन्दुले बढ्ने उक्त अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment