Comments Add Comment

राष्ट्र निर्माणमा अवरोध गरे सरकार टुलुटुलु हेरेर बस्दैनः ओली

केपी शर्मा ओली । फाइल तस्वीर

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्नेमाथि सरकारले कडा नीति लिने बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कहिले जनताका नाममा त कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई नछोडिने बताए । उनले भने, ‘राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर बस्दैन ।’

अघि भने, ‘राष्ट्र अघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने, धार्मिक विद्वेश फैलाउनेहरुबाट सजग हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा द्रुत गतिमा अघि बढ्ने र देश भौगोलिक रुपमा अखण्ड रहने बताए । ‘अब प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो’ उनले भने, ‘कसैले षड्यन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठीक लाउने ठाउँमा हामी छौं ।’

राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निवार्ह गरेको उनले बताए । सौ नेपाली सेनाले सबै प्रकारका उतारचढाव देख्दै आएको र राष्ट्रहितको पक्षमा उभिएको बताए । ‘राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रै देखि बलियो बनाउनु पर्छ’ प्रधानमन्त्री ओलीले भने, भित्र कमजोर पार्ने तर बाहिर बलियो देखाएर मात्र हुँदैन ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा सम्बन्धि धारणालाई समयअनुकुल ढंगले अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment