Comments Add Comment

रेखाको निर्देशनमा सुरु भयो ‘मालिका’को छायांकन


नायिका रेखा थापा दोश्रो पटक चलचित्र निर्देशनमा होमिएकी छिन् । पहिलो चलचित्र ‘हिम्मतवाली’ निर्देशनपश्चात रेखाले चलचित्रमा अभिनय गरेपनि निर्देशन भने गरेकी थिइनन् । तर, उनी केही वर्षको ग्यापपछि चलचित्र ‘मालिका’को निर्देशनमा होमिएकी हुन् ।

उनले निर्देशन गर्न लागेको यो चलचित्रको सोमबारबाट छायांकन सुरु भएको छ । सोमबार बिहान पशुपति परिसरमा पूजा गर्दै उनले छायांकन सुरुअात गरेकी हुन् ।

छायांकनको पहिलो दिन रेखा र कलाकार नरबहादुर कार्कीले सट दिएका छन् । १० दिन काठमाडाैंमा छायांकन गरेर कोहलपुर र जाजरकोट जाने निर्माण यूनिटको तयारी छ । यो चलचित्रमा रेखा र नरबहादुरसँगै जाजरकोटकी १४ वर्षिया कमला वली मुख्य भूमिकामा छन् ।

रेखाको आफ्नै कथा रहेको यो चलचित्रले व्यक्तिको सोच परिवर्तनको कथालाई उठान गर्नेछ । यो चलचित्रलाई लक्ष्मीपूजाको दिन रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रमा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment