Comments Add Comment

प्रदिपकै कारण ‘रोजी’मा अटाइनन् जसिता, प्रेमको बिषयमा के भन्छन् हिरो ?


नायक प्रदिप खड्का पछिल्लो समयमा निर्देशक मिलन चाम्ससँगको लफडाका कारण चर्चामा छन् । मिलन र प्रदिपको बोलचाल बन्द भैरहेको समयमा अर्को एउटा गसिप पनि सार्वजनिक भयो ।

यो गसिप हो, चलचित्र ‘लिलिबिली’की नायिका जसिता गुरुङसँग उनको अफेयरबारे । लामो समयदेखिको यो चर्चामा प्रदिप मौन थिए । तर, उनले पहिलो पटक जसितासँगको प्रेम सम्बन्धको बिषयमा मुख खोलेका छन् । प्रदिपले अनलाइनखबरसँग भने-‘म र जसिताविचको प्रेम सम्बन्धको चर्चा हल्ला मात्र हो । हामीविच राम्रो मित्रता मात्र छ ।’

यस्तै, नायक खड्काले जसितालाई चलचित्रमा सिफारिश गर्ने गरेको खबर पनि आइरहेको छ । यस बिषयमा उनले भने-‘मैले सिफारिश गरेको भन्ने खबर झनै निराधार हो । तपाईंले चलचित्र ‘रोजी’का निर्देशक निरक पौडेललाई पनि सोध्न सक्नुहुनेछ । उहाँहरुले म र जसिताको जोडीको बिषयमा एक पटक सोच्ने कि भन्दा मैले नै हुँदैन भनेको हुँ । एकपछि अर्को चलचित्रमा काम गर्दा राम्रो नदेखिने भन्दै मैले नै अर्की नायिका खोज्न भनेको हुँ ।’

जसितालाई प्रदिपले रोकेपछि रोजीमा अहिले परमिता आरएल राणालाई अनुवन्ध गरिएको छ । चलचित्र ‘भैरवी’का लागि पनि प्रदिप र जसिताको बिषयमा निर्माता सुवास गिरीले सोचेका छन् । प्रदिप ‘भैरवी’को बिषयमा भन्छन्-‘हो, यो चलचित्रमा पनि निर्माता सुवास गिरी र निर्देशक दिनेश राउतले जसिता र मेरो कुरा गर्नुभएको थियो । मैले, चलचित्र ‘लिलिबिली’ हेर्नुहोस्, काम मनपर्‍यो भने तपाइहरु नै निर्णय लिनुहोस् भनेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment