Comments Add Comment

दरबारमार्गमा करिश्माको ‘नमस्ते’


९० को दशककी चर्चित बलिउड नायिका करिश्मा कपुर आज नेपाल आइन् । उनी, बिहानै त्रिभुवन विमानस्थलमा ओर्लिइन् र त्यहाँबाट हायात होटल पुगिन् ।

हायात होटलमा केही समय आराम गरेपछि उनी काठमाण्डौको दरबारमार्गमा आइपुगिन् । दरबारमार्गमा संचालनमा आएको ‘मेरिगोल्ड ज्वेलर्स’को उद्घाटन गर्न उनी नेपाल आएकी हुन् । उनी, आजै मुम्बई फर्किएकी छिन् ।

करिश्मा करिब ४५ मिनेट उद्घाटन समारोहमा बसिन् । सो समयमा उनले उपस्थित पत्रकार र अन्य अतिथीलाई बारम्बार ‘नमस्ते’ गरिन् । साथै, उनले हात हल्लाउँदै मिडियाको क्यामेरामा अभिवादन समेत गरिन् ।

करिश्माले सो समयमा ज्वेलर्स अवलोकन समेत गरिन् । करिश्मासँग सेल्फी खिच्नका लागि धेरै महिलाहरु लालयित भएपनि सुरक्षाका कारण सकेनन् ।

तस्बिरः चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment