Comments Add Comment

मोदीको सुरक्षाबारे बुझ्न जनकपुर आयो भारतीय सेनाको विशेष विमान


२४ वैशाख, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको लागि केहीदिन मात्रै बाँकी रहँदा जनकपुरमा भारतीय वायु सेनाको विमान आइपुगेको छ ।

भारतीय सेनाको विशेष विमान सोमबार दिउँसो सवा १ बजे जनकपुर विमानस्थलमा अवतरण गरेको जनकपुर विमानस्थलले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षा अवस्थाबारे जानकारी लिन विमानमा भारतीय सुरक्षा अधिकारीहरु जनकपुर आइपुगेका हुन् । विमान जनकपुरस्थित विमानस्थलमै राखिएको छ । मोदीको सुरक्षामा खटिने सुरक्षाकर्मीसहित सुरक्षा अधिकारीहरूलाई लिएर भारतीय एयर फोर्सको विमान दिल्लीबाट सिधै जनकपुर आएको जनकपुरका सुरक्षा अधिकारीहरुले बताएका छन् ।

दुई दिने नेपाल भ्रमणका लागि मोदी २८ शुक्रबार हेलिकप्टरबाट जनकपुर आउँदैछन् । प्रधानमन्त्री मोदीको सुरक्षालाई लिएर जनकपुरमा सुरक्षा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरको बिभिन्न स्थानमा सुरक्षामा कडाई गरिनुका साथै राजमार्गमा चेकजाँच बढाइएको छ । मोदी भ्रमणलाई लिएर जनकपुरलाई तीव्र रुपमा सिँगारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment