Comments Add Comment

तिलगंगा आँखा अस्पताललाई १० करोड

२४ वैशाख, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले सन्दुक रुइतको तिलगंगा अस्पताललाई अस्पताललाई १० करोड रुपैयाँ हस्तान्तरण गर्दैछन् ।

करिब एक वर्षअघि तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले अस्पताललाई उक्त रकम दिने घोषणा गरेका थिए ।

चालू आर्थिक वर्षकोे बजेटबाट आँखा अस्पताललाई रकम उपलब्ध गराउने निर्णय तत्कालिन मन्त्री जोशीले गरेका थिए । मेसिन खरिदका लागि सरकारले उक्त रकम उपलब्ध गराएको हो ।

उक्त अस्पतालले आँखाको लेन्स उत्पादन गरी ठूलो मात्रामा विदेश निर्यातसमेत गर्छ । अस्पतालले उत्पादन गरेको लेन्सको विश्वमै उच्च माग छ । सहयोगपछि आम नागरिकलाई सहुलियत दरमा लेन्स उपलब्ध गराउने अस्पतालले बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment