Comments Add Comment

जब धुमधामसँग कुखुराको बिहे भयो…


छिमेकी देश भारतमा यसअघि गधा, कुकुर, बाँदरजस्ता जनावरको बिहे गरिएका खबर त आएकै थिए । यसपटक चाहिँ एक कदम अघि बढ्दै कुखुराको समेत बिहे भएको छ ।

छत्तीसगढमा एक भव्य समारोहबीच भाले र पोथी कुखुराबीच बिहे गराइएको हाे ।

बिहे यति अनौठो र भव्य भयो कि त्यसको चर्चा पूरै गाउँमा मात्र होइन, आसपासका गाउँहरुमा पनि भयो ।

कुखुरा पनि चानचुने होइन, एउटा विशेष प्रजातिको कुखुरा । बेहुला कुखुराको नाम कालिया हो भने बेहुलीको नाम सुन्दरी ।

मासु तथा अण्डाका लागि निकै लोकप्रिय तथा विशेष जातको मानिने कडकनाथ प्रजातिका भाले र पोथी कुखुराबीच बिहे गराइएको थियो ।

छत्तीसगढको दन्तेवाँडास्थित हिरानारा गाउँमा हिन्दू परम्परा अनुसार कालिया र सुन्दरीबीच बिहे सम्पन्न भयो ।

बिहेमा सरसामानको जोरजाम मानिसको भव्य बिहेमा भन्दा कम थिएन । बिहेका लागि निमन्त्रणा कार्ड पनि छपाएर वितरण गरिएको थियो ।

जन्तीसँगै बेहुला कालियालाई मण्डपमा ल्याइयो, जहाँ बेहुली सुन्दरीलाई राखिएको थियो । सोही मण्डपमा दुईबीच बिहे गराइयो ।

बिहेपछि भव्य भोजको आयोजना गरियो । नाचगान पनि भयो । त्यस अवसरमा दुवैलाई रातो पहिरनमा सजाइएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment