Comments Add Comment

ह्वाट्सएपमा नयाँ फिचर, अब एप नखोली च्याट


फेसबुकले आफ्नो एफ एट कन्फ्रेन्सका अवसरमा ह्वाट्सएप प्रयोगकर्ताका लागि विभिन्न नयाँ फिचर्सको घोषणा गरेको छ ।

विश्वमा ढेड अर्बभन्दा धेरै प्रयोगकर्ता रहेको ह्वाट्सएपमा अब ग्रुप भिडियो कलिङ्ग तथा स्टिकर्स जस्ता फिचर्स रहनेछन् । यी दुई फिचरसँगै फेसबुकमा अर्को गज्जबको सेवा पनि थप भएको छ ।

ह्वाट्सएपले एक नयाँ वेब डोमेन पेश गरेको छ, जसको माध्यमबाट प्रयोगकर्ताले इन्टरनेट ब्राउजरबाटै च्याट गर्न सक्नेछन् । अर्थात् कसैसँग च्याट गर्नका लागि ह्वाट्सएपको एप खोलिरहनु पर्ने छैन ।

समाचार अनुसार ह्वाट्सएपले एक नयाँ डोमेन  wa.me दर्ता गरेको छ। यो एन्ड्रोइड भर्सन २.१८.१३८ वा त्यसभन्दा नयाँ भर्सनवाला अपरेटिंग सिस्टम भएका डिभाइसहरुमा चल्नेछ ।

ह्वाट्सएप्को नयाँ डोमेन एक प्रकारको च्याट प्लाटफर्मको वेब भर्सनको विस्तृत रुप हो । यस नयाँ डोमेनसँगै ह्वाट्सएप प्रयोगकर्ताले ह्वाट्सएप नखोलीकनै अरु ह्वाट्सएप प्रयोगकर्तासँग च्याट गर्न सक्दछन् ।

कुनैपनि ह्वाट्सएप् च्याटलाई सीधै ब्राउजरमा खोल्नका लागि प्रयोगकर्ताले https://wa.me/country extension + (phone number)  टाइप गर्नुपर्नेछ । यसमा वेब एड्रेससँगै आफूले च्याट गर्न चाहेको व्यक्तिको देशको टेलिफोन कोड र फोन नम्बर हालिसकेपछि च्याट खुल्नेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment