Comments Add Comment

यसरी ब्याकअप राख्नुहोस् एन्ड्रोइड फोनमा एसएमएस

तपाई एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ र तपाईलाई आफ्नो फोनमा भएको डाटा डिलिट गर्नुपरेको छ भने तपाईलाई आफ्नो फोनमा भएका डाटाहरू कसरी ब्याकअप गर्ने भन्ने अप्सनहरूको बारेमा पनि पक्कै थाहा छ होला ।

क्लाउडको माध्यमद्वारा मोबाइल फोनमा भएका विभिन्न खालका डाटा ब्याकअप गर्न सकिन्छ र पछि आवश्यक परेको बेलामा प्रयोग गर्न सकिन्छ । तर तपाईंको इनबक्समा भएका एसएमएस ब्याकअप गर्नको लागि भने ‘थर्ड पार्टी टुल’को आवश्यकता पर्छ । त्यसको लागि गुगल प्लस्टोरमा विभिन्न अप्सनहरू पनि छन् तर कुन प्रयोग गर्ने भन्ने विषयमा पनि प्रश्न उठ्न सक्छ ।

गुगल प्लेस्टोरमा उपलब्ध लोकपि्रय एपहरूलाई तपाइर्ंको इमेलमा अटोमेटिक पहुँचको अनुमति चाहिन्छ जसले ब्याकअप आँफै बनाउँछ तर तपाईलाई यस्तो अनुमति दिन अप्ठेरो पर्छ भने तपाइसँग अर्को विकल्प पनि छ ।

तपाईको फोन फ्याक्ट्री रिसेट गर्नुपर्‍यो भने वा तपाईले नयाँ फोन लिनुभयो भने एसएमएस ब्याकअप कसरी राख्ने भन्ने चिन्ताले सताएको हुनुपर्छ । तपाईको एसएमएस ब्याकअप गरेर पछि फोनमा सेभ गर्न पनि सकिन्छ, आफैंलाई मेल गर्न पनि सकिन्छ वा क्लाउडमा सेभ गर्न पनि सकिन्छ ।

तपाईलाई आफ्नो मोबाइल फोनको एसएमएस अर्काइभ कसरी ब्याकअप गर्ने र रिस्टोर गर्ने भन्ने कुराको बारेमा सम्पूर्ण जानकारी छैन भने हामी तपाईलाई यसबारेमा जानकारी दिन दिन्छौँ ।

एन्ड्रोइड फोनको एसएसएस म्यासेजको ब्याकअप कसरी राख्ने ?

सबै एसएमएस म्यासेज ब्याकअप गर्नको लागि ‘कार्वोनाइट एसएमएस ब्याकअप एण्ड रिस्टोर’ एप इन्स्टल गर्न सक्नुहुन्छ । एप इन्स्टल गरिसकेपछि निम्न प्रक्रियाअनुसार एसएमएस म्यासेज ब्याकअप गर्न सक्नुहुन्छ ।

१. सबैभन्दा पहिले वेलकम स्क्रिनमा गेट स्र्टाटेडमा थिच्नुहोस् ।

२. ब्याकअप सेभ गर्नको लागि कन्ट्याक्ट, एसएमएसमा पहुँच दिनुहोस् र फोन कल म्यानेज गर्नुहोस् । त्यसपछि चारवटा पपअप आउँछन् सबैमा अलाउ ट्याप गर्नुहोस् ।

३. सेट अप अ ब्याकअप मा थिच्नुहोस् ।

४. तपाई एसएमएस मात्रै ब्याकअप गर्न चाहनुहुन्छ भने फोन कल्स अफ थिच्नुहोस् । तपाई एमएमएस र निश्चित एसएमएस ब्याकअप गर्न चाहनुहुन्छ भने एडभान्स्ड अप्सनमा पनि थिच्न सक्नुहुन्छ होइन भने यसलाई त्यत्तिकै छोडिदिनुहोस् ।

५. नेक्स्ट थिच्नुहोस् ।

६. टगल प्रयोग गरेर तपार्इले गुगल ड्राइभ वा ड्रपबक्स कहाँ ब्याकअप कहाँ गर्न चाहेको हो छान्नुहोस् । तपाई त्यसको लागि एक्सेस दिन चाहनुहुन्न भने योर फोनमा टगल गर्न सक्नुहुन्छ र आफैंले फाइल कपी गर्न सक्नुहुन्छ ।

७. डिफल्ट फोल्डरमै ब्याकअप गर्ने हो भने ओके थिच्नुहोस् होइन भने ब्राउज थिचेर कुन फोल्डरमा सेभ गर्न मन छ त्यसमा ब्याकअप गर्नुहोस् ।

८. यसपछि नेक्स्ट थिच्नुहोस् र पपअप आउँछ त्यसमा यस थिच्नुहोस् ।

९. तपाईले अगाडिको टगलहरूबाट ब्याकअप सेड्युल पनि राख्न सक्नुहुन्छ वा सेड्युल रिकरिङ ब्याकअप टगललाई अफ गरिदिन पनि सक्नुहुन्छ , त्यसपछि ब्याकअप नाउ मा थिच्न सक्नुहुन्छ ।

यसपछि ब्याकअप हुन थाल्छ । १३ हजार एसएमएस ब्याकअप हुनको लागि हुनका लागि ३ मिनेट भन्दा पनि कम समय लाग्छ । एकपटक ब्याकअप फाइल बनाएपछि त्यसलाई तपाईले आफ्नो कम्प्युटरमा कपी गर्न सक्नुहुन्छ वा त्यसलाई तेस्रो पक्षको सफ्टवेयरसँग लिंक नगरी क्लाउडमा सेभ गर्न पनि सक्नुहुन्छ ।

एन्ड्रोइड फोनको एसएमएस म्यासेज कसरी रिस्टोर गर्ने ?

तपाईंले आफ्नो फोनको स्पेस खाली गर्न चाहनुहुन्छ वा नयाँ फोन बोक्न चाहनुहुन्छ भने तपाईले आफ्नो एन्ड्रोइड फोनमा भएका एसएमएस म्यासेजहरू ब्याकअप गरिसकेपछि आफ्नो फोन रिसेट गर्न सक्नुहुन्छ ।

तपाईले ब्याकअप राख्नुभएको छ भने रिस्टोर गर्नको लागि ‘कार्वोनाइट एसएमएस ब्याकअप एण्ड रिस्टोर’ एप फेरि इन्स्टल गर्नुपर्ने हुन्छ । तपाईको नयाँ फोनमा वा फम्र्याट गरिएको पुरानै फोनमा निम्न विधिअनुसार एसएमएस रिस्टोर गर्न सकिन्छ ।

१. तपाईको फोनमा एसएमएस ब्याकअप कपी गरिएको पक्का गर्नुहोस् ।

२. कार्वोनाइट एसएमएस ब्याकअप एप खोल्नुहोस् र रिस्टोर गर्नको लागि वेलकम स्त्रिmनमा गेट स्टार्टेड मा थिच्नुहोस् ।

३. माथि देब्रपट्टकिो हृयामबर्गर मेनु आइकनमा थिच्नुहोस् र रिस्टोरमा थिच्नुहोस् ।

४. तपाईले लोकल कपी प्रयोग गरिरहनुभएको छ भने लोकल ब्याकअप लोकेसन मा थिच्नुहोस् होइन गुगलड्राइभ वा ड्रपबक्स प्रयोग गर्ने हो भने उचित बटनमा थिच्नुहोस् ।

५. यसले पछिल्लो ब्याकअप आँफै पत्ता लगाउँछ पत्ता लगाएन भने सेलेक्ट अनदर ब्याकअप मा थिच्नुहोस् र तपाईले रिस्टोर गर्न खोजेको फाइलमा थिच्नुहोस् । टगलहरूबाट तपाईले म्यासेज वा फोन कल के रिस्टोर गर्न चाहेको के हो छनोट गर्नुहोस् ।

६ रिस्टोरमा थिच्नुहोस् । त्यसपछि ओके थिच्नुहोस् र त्यसपछि आउने दुई पपअपमा यस थिच्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment