Comments Add Comment

विदेशकै नेपाली दूतावासमा श्रम इजाजत रि-इन्ट्री व्यवस्था गर्ने तयारी


२५ वैशाख, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा रहेका कामदाहरुले विदेशमै श्रम स्वीकृति नवीकरण (रि-इन्ट्री) गर्न सकिने व्यवस्थाका लागि तयारी थालेको छ ।यसका लागि प्रारम्भिक रुपमा वैदेशिक रोजगार नियमावली संशोधन तगारी सुरु भइसकेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका एक उच्च अधिकारकाअनुसार कम्तिमा एकपटक विदेशमा नै श्रम रि-इन्ट्री गर्न सकिने व्यवस्थाका लागि छलफल थालिएको जानकारी दिए । उनकाअनुसार वैधानिक रुपमा विदेश पुगेकाको हकमा एकपटक सम्बन्धित देशको दूतावासबाट श्रम रि-इन्ट्री गर्न सकिने व्वस्थाका लागि छलफल भइरहेको छ ।

नियमावली संशोधनपछि आफ्नो भिसा अवधि थपेर विदेशमा थप समय बस्नेहरुलाई अब सरकारले विदेशस्थित राजदूतावास र कुटनीतिक नियोगहरुमार्फत नै श्रमको रि-इन्ट्रीको व्यवस्था गर्नेछ ।

‘एकपटक भन्दा बढी रि-इन्ट्री दिँदा कामदार स्वेदेश नै फर्किन नचाहाने पनि हिुन सक्छ । त्यसैले सबै पक्षलाई हेरेर यस्तो प्स्ताव गरिएको हो,’ ती अधिकारीले भने ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले पनि नियमावली संशोधनमा गृहकार्य सुरु गरिएको पुष्टी गरे । उनले नियमावली संशोधन गर्दा तत्कालै वैदेशिक रोजगारीमा रहेका समस्या समाधान गर्ने र विकृति हटाउने विषयसँग सम्बन्धित नियमहरू लागू गर्ने कुरामा बढी जोड दिइने बताए ।

श्रम समझौता नवीकरणलाई पनि सहज गर्ने विषयमा छलफल अघि बढाइए पनि टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ ।

यो व्यवस्था पछि घरेलु कामदारका रुपमा विदशेमा अवैधानिक रुपमा बसिरहनु परेकाहरुलाई पनि सहज हुनेछ । सरकारले विदेशमा नै श्रम रि-इन्ट्रीको व्यवस्थाका लागि २ वर्ष अघि नै गृहकार्य गरेको थियो ।

तर, सफल हुन सकेका थिएन । यो पटक भने श्रम मन्त्री गोकर्ण बिष्टले यो विषयलाई एकपटक गम्भीर रुपमा छलफल र अन्तरक्रिया गरेर टुंगोमा पुर्‍याउने गरी तयारी अघि बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment