Comments Add Comment

जनकपुरबासीलाई प्रदेश सरकारको अपील : मोदीको स्वागतमा घर अगाडि कलश राख्नुस्

२५ वैशाख, जनकपुरधाम । प्रदेश २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनका क्रममा घरघरमा कलश राखेर स्वागत गर्न सार्वसाधारणलाई अपील गरेको छ ।

मोदी २८ गते जनकपुर आउने कार्यक्रम छ । उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

मुख्यमन्त्री लालबाबु राउत र जनकपुर उपमहानरपालिकाका मेयर लालकिशोर साहले संयुक्त पत्रकार सम्मेलन गरी मोदीको स्वागतका लागि आफ्नो घर अगाडि सरसफाइ गर्न र फूलमालाले सजाएर पानी भरिएको पूजाको कलश राख्न नगरबासीलाई अपील गरेका छन् ।

प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । साथै नागरिक अभिनन्दनमा ५ लाख मानिस उतार्ने तयारी छ । यसका लागि प्रदेश २ का ८ वटै जिल्लाका स्थानीय तहहरुलाई बसमा जनता ल्याउन प्रदेश सरकारले भनेको छ ।

विहान १० बजेसम्म कार्यक्रम स्थल बाह्रबिघामा आइसक्न पनि प्रदेश सरकारले अपील गरेको छ ।

मुख्यमन्त्री राउतले मोदीको स्वागतका लागि प्रदेश सरकारले सक्दो काम गरिरहेको बताए । उनले मोदीलाई स्वागत गर्दै राखिएको ब्यानरहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर पनि राख्न आग्रह गरे । साथै प्रचार सामाग्रीहरु हिन्दीमा मात्र नभई मैथिली लगायतका भाषामा राख्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment