Comments Add Comment

पञ्जाबी रिवाजबाट भयो सोनम-आनन्दको बिहे, को को थिए पाहुना?


बलिउड अभिनेत्री सोनम कपुर र उनका प्रेमी आनन्द आहुजा मंगलबारबाट पति-पत्नी भएका छन् । मुम्बईमा उनीहरुको बिहे पञ्जाबी रितिरिवाजअनुसार भयो ।

सोनमकी अन्टी कविता सिंह निवासमा वैवाहिक समारोह आयोजना भएको थियो । त्यहाँ दुलहीभन्दा पहिला दुलाहा पुगेका थिए । उनी न घोडामा सवार थिए, न जन्ती नै लगेका थिए । सामान्य रुपमा उनी समारोहस्थल पुगे ।

पछि सोनम बेहुली बनेर त्यहाँ आइन् । उनीहरुले साधारण तरिकाले सातफेरा लिए । सोनमले रातो र गोल्डेन कलरको लहेंगा लगाएकी थिइन् भने उनको मेकअप हल्का थिए ।

हातमा रातो रंगको चुरा र गोल्डन रंगको बाला लगाएकी थिइन् । उनका दुलाहा आनन्दले गोल्डन कलरको शेरवानी र ह्वाइट एन्ड गोल्डेन पगडी लगाएका थिए ।

वैवाहिक समारोहमा बलिउडकर्मीको बाक्लो उपस्थिति थियो । बलिउडका महानायक अमिताभ बच्चन आफ्नी छोरी श्वेता र छोरा अभिषेक बच्चनसँगै पुगेका थिए । बुहारी ऐश्वर्या राय भने गइनन् ।

करिना कपुर पति सैफ अली खान र छोरा तैमुरसहित पुगिन् । यसैगरी ज्याकलिन फर्नान्डिज, रानी मुखर्जी, रणबीर सिंह, आमिर खानलगायतका दिग्गजहरु पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment