Comments Add Comment

इरान परमाणु सम्झौताबाट अमेरिका अलग भएको ट्रम्पको घोषणा

२६ वैशाख, काठमाडौं । इरान परमाणु सम्झौताबाट अमेरिका अलग भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बराक ओबामाको कार्यकालमा गरिएको यो सम्झौता अप्रासंगिक भएकाले अमेरिका अलग भएको बताएका हुन् ।

सन् २०१५ मा अमेरिका, फ्रान्स, इरान, जर्मीनी र ब्रिटेनबीच एक सम्झौता भएको थियो जसमा इरानले परमाणु कार्यक्रम रोक्ने र अरु देशले उमाथि लगाइएका प्रतिवन्ध फुकुवा गर्ने उल्लेख छ ।

तर, अब ट्रम्पले इरानलाई फेरि आर्थिक प्रतिवन्ध लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ । ९० वा १८० दिनपछि प्रतिबन्ध लगाउने ट्रम्पको भनाइ छ ।

इरानको निन्दा

अमेरिकाको यो निर्णयको इजरायलले समर्थन गरेको छ । तर, सम्झौतामा सहभागी देश फ्रान्स, जर्मनी, ब्रिटेनलेसमेत अमेरिकाको निर्णयमा खेद व्यक्त गरेका छन् । इरानले कडा शब्दमा निन्दा गरेको छ ।

इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाको निर्णयको कडा शब्दमा निन्दा गर्दै त्यसको जवाफमा युरोनियम सम्बर्द्धनको काम पुनः शुरु गर्ने बताएका छन् ।

युरोनियम सम्बर्द्धनमार्फत् ऊर्जा आपूर्ति र हतियार निर्माण गरिन्छ ।

इरानी राष्ट्रपति रुहानीले आणविक ऊर्जा संगठनलाई युरोनियम सम्बर्धनको काम सुरु गर्न निर्देशन दिइसकेको बताएका छन् ।

उनले यसअघि नै सम्झौताबाट अलग भएमा अमेरिका पछुताउनुपर्ने चेतावनी दिइसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment