Comments Add Comment

अब म्युजियममा नांगै भ्रमणको चाँजोपाँजो !


फ्रान्सको राजधानी पेरिसमा रहेको एउटा चर्चित म्युजियमका आगन्तुकहरुले संग्राहलयभित्र छिर्दा जिउका सबै लुगा फुकाल्नुपर्नेछ ।

पेरिसस्थित दी पालाइस डु टोक्यो म्युजियमले हरेक शनिवार नांगा मानिसहरुका लागि संग्रहालय भ्रमणको विशेष कार्यक्रम आयोजना गर्नेछ ।

फ्रान्समा निर्वस्त्रवादी अर्थात् नुडिस्ट समुदायको निरन्तरको आग्रह तथा दबाबपछि संग्रहालयले यस्तो व्यवस्था गर्न लागेको हो । स्मरण रहोस् पेरिसमा यसअघि निर्वस्त्रधारीहरुका लागि पार्क र रेष्टुरेन्ट खुलिसकेको छ ।

निर्वस्त्र मानिसहरुका लागि हरेक शनिवार बिहानै म्युजियम भ्रमणको अवसर प्रदान गरिनेछ । बिहान म्युजियम खुल्ने नियमित समय भन्दा अगावै निर्वस्त्रवादीहरुले म्युजियमको भ्रमण सकाउनेछन् ता कि अन्य साधारण भ्रमणकर्ताहरु नांगा मानिसहरु देखेर समस्यामा नपरुन् ।

निर्वस्त्रवादीहरुले शनिवारको निर्वस्त्र म्युजियम भ्रमणमा युवापुस्ता आकर्षित हुने र यसले निर्वस्त्रवादलाई समाजमा समाजमा स्थापित गर्ने आशा गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment