Comments Add Comment

आकासिँदै एप्पल कम्पनी, बजार मूल्य १० खर्ब डलर नजिक


विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलको शेयर मूल्य सोमबार अहिलेसम्मकै उच्च विन्दुमा पुग्यो । र, यो सँगै एप्पल कम्पनीको बजार मूल्य १० खर्ब डलर नजिक पुगेको छ ।

बर्कशायर हाथावेको वार्षिक शेयरधनी बैठकमा कम्पनीका अध्यक्ष तथा सिइओ वारेन बफेटले एप्पलको थप साढे ७ करोड कित्ता शेयर हाथावेले खरीद गरेको खुलासा गरेसँगै एप्पलको शेयर मूल्य आकासिएको हो ।

त्यस्तै दी ओरेकल अफ ओमाहाज कम्पनीसँग एप्पलको २४ करोड कित्ता शेयरको स्वामित्व रहेको छ, जुन एप्पलको कुल शेयरको ५ प्रतिशत हो ।

एप्पलको शेयर मूल्य सोमबार २ प्रतिशतले वृद्धि भयो र कम्पनीको बजार मूल्य ९ खर्ब ४० करोड पुग्यो ।

यो मे महिना एप्पल कम्पनीका लागि निकै फलिफाप भैरहेको छ ।

मे १ तारेखमा सार्वजनिक रिपोर्टमा एप्पलले अपेक्षा भन्दा बढि मुनाफा हासिल गरेको तथ्यांकले वालस्ट्रिटलाई तीनछक बनाइदिएको थियो । पछिल्लो समय अमेरिकामा आइफोनको बिक्रि घटेपछि जापान र चीनमा आइफोनको बिक्री नाटकीय रुपमा बढेको तथ्यांकले देखाएको छ ।

लगानी कर्ताको प्रतिशेयर मुनाफा तथा लाभांसमा वृद्धि हुनेगरी एप्पलले स्टक बाइब्याक कार्यक्रमको योजनासँगै एप्पलले आफ्ना लगानीकर्तालाई आशावादी बनाइरहेको छ । फलतः मे महिनामा एप्पलको शेयर मूल्य गतवर्षभन्दा १३ प्रतिशतले बढी छ ।

एप्पलको वृद्धि यहीँ दरमा भैरहेमा कम्पनी अबको छोटो समयमै १० खर्ब डलर बजार मूल्य भएको अमेरिकाको पहिलो कम्पनी हुने पक्का छ ।

यद्यपि, अरु तीनवटा कम्पनी पनि यसबाट धेरै टाढा छैनन् । माइक्रोसफ्ट, गुगल र अमेजन पनि एप्पलको पछि पछि छन् ।

माइक्रोसफ्ट तथा गुगलको मातृ कम्पनी अल्फाबेटको बजार मूल्य साढे ७ खर्ब छ भने अमेजनको बजार मूल्य झण्डै ८ खर्ब रहेको छ ।

त्यस्तै फेसबुकको मूल्य ५ खर्ब १५ अर्ब डलर रहेको छ । गत वर्ष इतिहासमै सबैन्दा धेरै मूल्य कायम गरेको फेसबुकको बजार मूल्य अहिले १० प्रतिशतले घटेको छ ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment