Comments Add Comment

प्रदेश १ को नाम र राजधानी सहमतिमै तोकिन्छ : मुख्यमन्त्री राई


२६ वैशाख, विराटनगर । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशको नाम र स्थायी राजधानी सहमतिमै तोक्नका लागि गृहकार्य अगाडि बढाइरहेको जानकारी दिएका छन् ।

उनले प्रदेशको नाम र स्थायी राजधानी सहमतिमै चयन गर्न सकिने संकेत मिलेको बताएका छन् ।

वुधबार प्रदेशसभालाई सम्वोधन गदै मुख्य मन्त्री राईले भने ‘सदनबाट टाउको गनेर दुई तिहाईले प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लगाउने अधिकार हामीमा निहित छ, तर सरकार यो गर्ने पक्षमा छैन,हामी सहमतिबाटै यी बिषयको निचोडमा पुग्नेछौं ।’

उनले प्रदेशको नाम र स्थायी राजधानी हतारमा वा भावना र दबाबमा परेर नगर्ने भन्दै प्रदेश सरकारले यी विषयको छिनोफानो सहमतिबाटै टुङ्याएर परिपक्वता प्रस्तुत गर्ने समेत बताए ।

पहिलो अधिवेशन २८ घण्टा १८ मिनेट

माघ २२ गतेबाट सुरु हिउँदे अधिवेशनमा अहिलेसम्म ११ वटा विधेयक पारित भएको छ ।

चारवटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको छ । पहिलो अधिवेशन सकिँदासम्म ९३ दिनमा ३९ पटक संसद बैठक बसेको छ ।

२२ दिनमा २८ घन्टा १८ मिनेट संसदीय चलेको थियो । अहिलेसम्म ५ वटै समितिले पूर्णता पाएको छ भने नीति तथा कार्यक्रम र बजेट पनि संसदबाट पारित भइसकेको छ ।

जसमा २४ वैशाखमा बसेको बैठकले एकै दिन पाँच वटा विधेयक पास गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment