Comments Add Comment

कोलकातालाई १०२ रनले हराउँदै मुम्बई चौथो स्थानमा

२७ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रनले हराएको छ । २११ रनको लक्ष्य पछ्याएको कोलकाता १८ ओभर १ बलमा १०८ रनमा अलआउट भयो ।

मुम्बईको कोलकातामाथि लगातार आठौं र सबैभन्दा बढी अन्तरको जीत हो । यो जीतसँगै मुम्बई चौथो स्थानमा पुग्न सफल भएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो । मुम्बईको जीतमा इशान किशनले उत्कृष्ट प्रदर्शन गरे । उनले २१ बलमा ५ चौका र ६ छक्काको मद्दतमा ६२ रन बनाए । १७ बलमै उनले ५० रन बनाएका थिए । चौधौं ओभरमा किशनले कुलदीप यादवको बलमा लगातार चार छक्का प्रहार गरे । इशान प्लेयर अफ दि म्याच बने ।

मुम्बईको जीतमा रोहित शर्मा र सूर्यकुमार यादवले समान ३६ रन योगदान गरे ।

बलिङतर्फ कोलकाताका पियुष चावलाले ३ विकेट झारे ।

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताको सुरुआत नै खराब थियो । ओपनर सुनिल नरेन ४ र क्रिस लिन २१ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका रोबिन उथप्पा पनि धेरैबेर टिक्न सकेनन् । उनी १४ रन बनाएर पेभिलियन फर्किए । आन्द्रे रसेल २ तथा दिनेश कार्तिक र रिंकु सिंह समान ५–५ रन बनाएर आउट भए ।

बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्या र क्रुणाल पाण्ड्याले २–२ विकेट लिए ।

यस जीतसँगै मुम्बई ११ म्याचमा १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । कोलकाताको पनि समान १० अंक भए पनि नेट रन रेटका आधारमा पाँचौं स्थानमा परेको छ ।

हैदरावाद १६ अंकसहित पहिलो स्थानमा छ । १४ अंकका साथ चेन्नाइ सुपर किंग्स दोस्रो र किंग्स इलाभेन पन्जाब १२ अंकका साथ तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment