Comments Add Comment

श्रीदेवीको नाममा म्युजियम बनाउने बोनी कपुरको योजना

बलिउड अभिनेत्री श्रीदेवीको निधनपछि उनका पति बोनी कपुर एक्लिएका छन् । उनी अहिले पनि श्रीमतीको यादमा बेलाबेला रुने गर्छन् ।

बोनीकपुरसँग दुई छोरीहरु जान्भी र खुशी छन् । बोनीले सकभर उनीहरुलाई ममीको अभाव महसुस हुन दिएका छैनन् । उनी हरदम छोरीहरुको साथमै हुन्छन् ।

बोनीका एक साथी भन्छन्, ‘उनी भित्रैदेखि टुटिसकेका छन्, तर छोरीहरुका खातिर आफूलाई सम्हाल्ने प्रयास गरिरहेका छन् ।’

श्रीदेवीको निधनपछि बोनीले उनको जीवनमा आधारित फिल्म बनाउने समाचार आएको थियो । तर पछिल्लो समय उनी फिल्म मात्र होइन, एउटा म्यूजियम नै बनाउने सोचमा पुगेको बोनीका साथीले बताए ।

‘उनले मसितको भेटमा श्रीदेवीसँगको स्मृतिहरुलाई दिगो तुल्याउनका लागि एउटा म्युजियम खोल्ने इच्छा व्यक्त गरे,’ उनले भने ।

यति मात्र नभएर श्रीदेवीको जीवनीमा आधारित पुस्तक पनि प्रकाशित गर्ने बोनीको चाहना रहेछ ।

तर, बोनी अहिले नै कुनै काम थालिहाल्न सक्ने अवस्थामा छैनन् । बिस्तारै वियोगको घाउ पुरिँदै गएपछि आफू यो काममा जुट्ने उनले बताएका छन् । बोनीका छोरीहरुले भने धेरै हदसम्म आफूलाई सम्हालिसकेका छन् । उनीहरु सार्वजनिक कार्यक्रममा हाँसीखुशी नै देखिन्छन् । पछिल्लोपटक उनीहरु आफ्ना काकाकी छोरी सोनम कपुरको बिहेमा सहभागी भएका थिए । उक्त बिहेमा बोनीले नै छोरीहरुलाई लिएर गएका थिए ।

जान्भीले अभिनय गरेको पहिलो फिल्म धडक चाँडै रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment