Comments Add Comment

पहिलोपटक रोबोटले गर्यो मान्छेको शल्यक्रिया

अमेरिकामा एकजना क्यान्सर रोगीको दुर्लभ शल्यक्रिया सम्पन्न भएको छ । उक्त शल्यक्रिया विश्वमै रोबोटद्वारा गरिएको पहिलो शल्यक्रिया हो ।

वास्तवमा उक्त रोबोटले शल्यक्रियाका क्रममा एकजना डाक्टरको सहयोगी शल्यचिकित्सकको रुपमा सक्रियतापूर्वक काम गरेको हो ।

एक जना मान्छे डाक्टर र एकजना रोबोट डाक्टरको टिमले बिरामीको गर्धनमा रहेको दुर्लभ प्रकारको ट्युमर सफलतापूर्वक निकालेका छन् ।

उक्त क्यान्सरलाई कार्डोमा भनिन्छ । जुन मानिसको खप्पर तथा मेरुदण्डको हड्डीको बीचमा हुन्छ ।

अमेरिकाका नोआ पर्निकफ नामका २७ वर्षीय युवक उक्त क्यान्सरबाट ग्रस्त थिए । उनलाई उपचारका लागि पेन्सिल्भेनिया विश्वविद्यालय अस्प्तालमा भर्ना गरियो । उक्त अस्पतालमा उनको दुर्लभ रोगको दुर्लभ तरिकाले नै सफल शल्यक्रिया भयो । उक्त शल्यक्रिया अपरेशन थिएटरमा रोबोटले गरेको पहिलो शल्यक्रिया हो ।

तीन चरणमा गरिएको शल्यक्रिया अन्तर्गत दोश्रो चरणमा रोबोटको प्रयोग गरिएको थियो । डाक्टर नील मलहोत्राले शल्यक्रियाको अगुवाई ग्रेका थिए । अहिले पर्निकफको स्वास्थ्य ठीक भएको र उनी काममा फर्किसकेको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment