Comments Add Comment

प्रधानमन्त्रीलाई बाबुरामको सुझावः मोदीको स्वागतमा कन्जुस्याई नगर्नुस्

२७ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा कुनै कन्जुस्याई गर्न नहुने बताएका छन् । तर, सरकारले भारतसमक्ष राष्ट्रिय हितका कुरा प्रष्टसँग राख्न सक्नु पर्ने बताए ।

संसदमा विशेष समय लिएर बोल्दै भट्टराईले रिस उठेको बेला उफ्रने र खुसी भएको बेला आत्मसर्मपण गर्ने शैली गलत भएको बताए । अतिथी देवो भवः भन्ने नेपाली संस्कार नै भएको भन्दै उनले मोदीको स्वागतमा कन्जुस्याई गर्न नहुने बताए ।

नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले भने, ‘मोदीलाई सिधै भने हुन्छ, महामहिम ! यहाँ हाम्रो कुर्सीमा बसेर नेपाल के चाहन्छ, बोल्नुस् । तपाईको दिल्लीको कुर्सीमा बसेर हामीलाई बोल्न दिनुस्, भारत के चाहन्छ ।’

अघि भने, ‘भारत के चाहन्छ, हामी पूरा गछौं । नेपाल के चाहन्छ, तपाई पुरा गर्नुस् । यत्ति भने पुग्छ ।’

उनले भारत र चीनसँग सन्तुलित सम्वन्ध नराख्दासम्म नेपाल समृद्ध हुन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment