Comments Add Comment

प्रदेश सरकार पनि ‘बालबालिका’ हो: मन्त्री बराल

नीति नियम निर्माणमा बालबालिकाको अर्थपूर्ण सहभागिता जरुरी

२७ वैशाख, बुटवल । प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेश सरकार नै ‘बालबालिका’ जस्तो भएको बताएका छन् । मन्त्री बरालले भने, ‘सरकार बनेको ३ महिना पनि नपुगेकोले,सरकार नै भर्खर जन्मिएको बालबालिकाको चरणमा छ ।’

‘प्रदेश सरकारको सबै संरचना नयाँ हो, केन्द्रीय सरकारसँग सबैकुरा माग्नुपर्ने अबस्थाको जटिलतामा उभिएकाले केही समस्याहरु हाम्रा पनि छन्’ मन्त्री बरालले गुनासो गरे,’ नीति नियम निर्माणमा बालबालिकाको अर्थपूर्ण सहभागिता जरुरी छ ।’

प्रदेश सरकार र बालबालिका संरक्षण प्रबर्द्धन बिषयक प्रदेश स्तरीय अन्तरक्रियालाई सम्बोधन गर्दै बरालले बालबालिकाको अर्थपूर्ण सहभागितामा सरकारले लक्षित नीतिहरु बनाउने बताए ।

उनले सरकार बालबालिकाको संरक्षण, प्रबर्द्धन,सम्मानमा प्रतिबद्ध भएर अघि बढेको भन्दै सामाजिक उत्तरदायित्वसंग जोडिएको बिषय भएकाले सबै क्षेत्रको भूमिका रहनुपर्ने उनको भनाइ छ ।

मन्त्री बरालले दीर्घकालिक रुपमा अघि बढ्नेगरी सरकारले सबै तयारी थालेको उल्लेख गरे ।

बिगतमा कागजमा काम देखिने तर ब्यबहारमा जस्ताको तस्तै हुने गरेको स्मरण गर्दै उनले अब ठोस रिजल्ट आउनेगरी बालबालिकाको क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए ।

अहिलको बिकास भौतिकमा मात्रै बढी भएको भन्दै माननीय बिकास अझै पनि हुन नसक्दा बालबालिकाहरुले दुःख पाइरहेको उनको धारणा छ ।

उनले घरपरिवार, अभिभाबकले नै बालबालिकाको भबिष्य बनाउन सक्ने भन्दै सोही खालको वातावरण बनाउन उनले आग्रह गरे ।

प्रदेश ५ सरकारका मुख्य सचिब शंकर पाठकले सरकारले बालबालिकाको हितमा काम गर्ने बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बालअधिकार संरक्षणमा सबैको पहल हुनुपर्ने बताए ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बालश्रम,बालबिबाह,घर परिवारविहीन,दुब्यबहारमा परेका बालबालिकालाइ पहिचान गरी उनीहरुको संरक्षण,उद्धारमा समिति लागिपरेको बताए ।

केन्द्रीय बालकल्याण समितिका अध्यक्ष बबिना श्रेष्ठले केन्द्र, प्रदेश र स्थानीय सरकारले नीतिगत रुपमा बालबालिकालाई समेट्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment