Comments Add Comment

म्यानमारका ‘स्पाइडरम्यान’, जसले आगो लागिरहेको घरको पाइप चढेर महिलाको उद्दार गरे

सिनेमाको हिरो ‘स्पाइडरम्यान’ को शैलीमा म्यानमारका एक युवकले पाइपबाटै बलिरहेको भवनको तेस्रो तल्लामा चढेर महिलाको उद्दार गरेका छन् ।

म्यानमारको यांगुन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगो दन्दनी बलिरहेको थियो । आगोको लप्काहरुमाथिसम्म उडिरहेका थिए र घरभित्र दजर्नौं मानिसहरु फसेका थिए ।

घरका फसेका मानिसहरु कोही झ्यालबाट र कोही स्काफोल्डिङ पोलबाट बाहिर निस्कन थाले । तर, आगो लाग्दै गर्दा शान थेइन नामकी एक महिला घरको तेस्रो तल्लामा रहेकोे टुर कम्पनीको कार्यालयमा काम गरिरहेकी थिइन् ।

सुरुमा त भवनमा आगो लागेको छ भनेर उनले थाहा नै पाइनन् तर, जब बाक्लो कालो धुँवाको मुस्लोले उनको कोठा भरियो, उनी चिच्याउन थालिन् । उनी भुइँभन्दा ३० फिट माथि थिइन् ।

यस्तैमा एक साहसी छिमेकी ३० वर्षका पाए नेवेले उनी चिच्याएको सुने र पाइपपाइपै स्पाइडरम्यानले झैं तेस्रो तल्लामा चढे । उनले सानलाई विस्तारै तल झारे, जहाँ बाक्लो विषाक्त धुँवा मडारिइरहेको थियो ।

महिलाको उद्दार गरेपछि पाएले भने, ‘मैले म हाम फाल्न गइरहेको छु भनेर तेस्रो तल्लाबाट कोही चिच्याएको मैले सुनेँ । त्यसैले म त्यहाँ चढेँ र सहयोग गरेँ ।’

उनको साहसिक कामको लागि सबैले प्रशंसा गरेका छन् र धेरैले उनलाई ‘स्पाइडरम्यान’को उपमा दिएका छन् ।

उनले महिलालाई आगोमा बलेर मृत्यु हुन नदिन आफूले जोखिम उठाएको बताए । उनले थपे, ‘त्यहाँ दमकल आएर आगो निभाउँछ र महिलाको उद्धार गरौंला भनेर बस्ने समय थिएन । उनको जीवन जोखिममा थियो । मैले जे गर्नुपर्ने हो त्यो मात्रै गरेको हो ।’

घटनापछि म्यान्मार फायर सर्भिस डिपार्टमेन्टले आगो लागेको १० मिनेट पनि नै उनीहरु आइपुगेको र कोही पनि घाइते हुन नपाएको डेलिमेलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment