Comments Add Comment

तिलोत्तमाका २५ सडकको ‘राइट अफ वे’

२७ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका २५ वटा सडकको अधिकार क्षेत्र (राइट अफ वे) निर्धारण गरेको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को अधिकार प्रयोग गरी स्थानीय सडकको राइट अफ वे न्यूनतम १३ मिटर निर्धारण गरिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ४५ को उपदफा (१) मा गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्र स्थानीय सडकको दायाँ-बायाँको अधिकार क्षेत्र (राईट अफ वे) को सीमा तोक्न सक्ने उल्लेख छ ।

राईट अफ वे तोकिएको सडकमध्ये तिलोत्तमा चक्रपथमा पर्ने सडकको हकमा नयाँ मापदण्ड कायम गरी लागू गरिने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

प्लटिङ गरिने जग्गामा समेत न्यूनतम ३० फुट बाटो कायम गरेको तिलोत्तमाले महत्वपूर्ण स्थानीय सडकहरुको सीमा ४३ फुट कायम गरेको हो ।

राइट अफ वे कायम गरिएका सडकको स्तरोन्नतिलाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखेको छ ।

नगरपालिकाले पहिलो चरणमा धेरै प्रयोगमा आउने सडकको राइट अफ वे निर्धारण गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ४५ को उपदफा (२) मा गाउँपालिका वा नगरपालिकाले राष्ट्रिय तथा प्रदेश स्तरीय सडकको राइट अफ वे मापदण्ड पालना गर्नु/गराउनुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment