बिहीबार, १० जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

एचएच बजाजको नयाँ शोरुम नवलपरासीको बर्दघाटमा

Suzuki
अनलाइनखबर

२७ वैशाख, काठमाडौं । एचएच बजाजले पूर्णसुविधा सहितको नयाँ शोरुम बर्दघाट ४ नवलपरासीमा संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो गुणस्तरिय सेवा बिस्तारको क्रममा बस्याल अटोमोवाइल प्रालि बर्दघाटमा संचालनमा ल्याएको हो ।

एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने छ । एचएच बजाजले कहि कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यानेजर योगेन गुरुङले भनेे, ‘हामी बर्दघाट ४ नवलपरासीमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले बर्दघाटमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएका छौ, भोलीको दिनमा अझ हाम्रो सेवालाई परिष्कृत गर्दै लाने प्रतिबद्ध ब्यक्त गछौं ।’

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

२०७५ वैशाख २७ गते १८:१० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this