Comments Add Comment

साढे ३३ केजी सुन तस्करीः थुनछेक बहस सुरु

२७ वैशाख, बिराटनगर । साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यामा संलग्न अभियुक्तबारे जिल्ला अदालत मोरङमा बिहीबारदेखि थुनछेक बहस सुरू भएको छ ।

जिल्ला न्यायाधीश नारायण प्रसाद शर्माको इजलासमा बहस सुरु भएको हो । सरकारबादी मुद्दामा ८ जना सरकारी वकिलको समूह बहसका लागि बनाइएको छ ।

पहिलो दिन तीन जना सरकारी वकिलहरु सहन्यायाधीवक्ता गोपाल रिजाल, जिल्ला न्याधिवत्ता पुन्यप्रसाद पाठक, उच्च अदालतका निमित्त सह–न्यायाधीवक्ता मनोज आचार्यले बहस गरेका थिए ।

पाँच जना सरकारी वकिलको समय अभावले गर्दा शुक्रबार बहस गर्ने जिल्ला अदालत, मोरङले जनाएको छ ।

सहन्यायाधीवक्ता चिरञ्जीवी पराजुली, उपन्यायाधीवक्ता हिमालय त्रिताल, जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद सापकोटा, सहायक जिल्ला न्यायाधीवक्ता रोहित पोखरेल र पदम वस्ती शुक्रबार गर्नेछन् । सरकारी वकिलहरुको बहस ३ दिनसम्म चल्ने अनुमान गरिएको छ ।

त्यसपछि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुको बहस गर्ने जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

प्रतिवादीको तर्फबाट बहसका लागि ७९ जनाले वकलातनामा दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment