Comments Add Comment

टाटा मोटर्सले ल्यायो नयाँ टियागो डुअल टोन मोडल

२७ वैशाख, काठमाडौं । टाटा मोटर्सले आफ्नो पछिल्लो गाडी टियागो मोडलको अपार सफलतापछि आˆनो पुरानातथानयाँ संभावित ग्राहकहरुको लागि नयाँ टियागो डुअल टोन मोडल सार्वजनिक गरेको छ ।

फूलअप्सन मोडलको रु २६.९५ लाखमा पाईने यो गाडी एकदमै नयाँ, स्पोर्टी र विश्वसनीय देखिन्छ । यो गाडी १.२ लि. को रिभोटोर्न ईन्जिन सहित ८५ पि.एस. पावर भएको छ भने प्रति लिटर २३.८४किमि माइलेज दिने कम्पनीको दाबी छ ।

अरु थप विशेषताहरुमा दुईवटा एसआरएसएअर ब्याग्स, अटोमेटिक ब्रेकिङ्ग सिस्टम, रिभर्स पार्किङ्ग सेन्सर, मल्टी ड्राईभ मोड छ भने यसमा आठ वटा स्पिकर सहित हर्मनको ईन्फोटेनमेन्ट सिस्टम, २४ वटा युटिसलटी स्पेस र २४२ लिटरको बुट स्पेस उपलब्ध छ । यीबाहेक अन्य थप विशेषताहरु पनि यसमा रहेको छ ।

सिप्रदीका प्रतिनिधि भन्छन् “हामी ग्राहकहरुलाई आफूले लगानी गरेको मूल्यमा राम्रो मोबिलिटी दिन चाहन्छौं । टाटा टियागोको सफलता मनाउँदै हामीले वर्तमानतथा सम्भावित ग्राहकहरुलाई नयाँ मोडलमा केही विशेष दिन खोजेका छौं । टियागो डुअल टोन स्टाईलिस र फ्रेस हुनुका साथै आकर्षक मूल्यमा उपलब्ध छ । नयाँ थप आकर्षक विशेषताहरु सहित आएको टियागो डुअल टोन टाटा ब्राण्डका गाडीहरु थप आकर्षक, सामाजिक प्रतिष्ठा र प्रगतिको थप पहल हो भन्ने हामीलाई लागेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment