Comments Add Comment

कुर्ता–पाइजामा लगाएर जनकपुर पुगे प्रधानमन्त्री ओली


२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरस्थित जानकी मन्दिर पुगेका छन् । संघीय प्रहरी कार्यालय हेलिकोप्टर अवतरण गरेर मन्दिर पुगेका ओलीलाई महन्थले माला लगाएर स्वागत गरेका छन् ।

अघि–पछि दौरा सुरुवालमा देखापर्ने ओलीले आज भने कुर्ता, पाइजामा र गम्छा भिरेका छन् ।

जानकी मन्दिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री ओलीले स्वागत गरेका छन् । जानकी मन्दिरमा पुग्दा प्रधानमन्त्री ओली नयाँ ‘गेट अप’मा देखिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली जनकपुर आएका हुन् । उनले जानकी मन्दिरमा मोदीलाई स्वागत गरेका थिए । मोदीले जानकी मन्दिरमा पूजा गरुन्जेल ओली वेटिङ रुममा बसेका थिए । जानकी मन्दिरमा ओलीले पूजा भने नगरेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment