Comments Add Comment

विश्वका शक्तिशालीको सूचीमा प्रविधि क्षेत्रका दिग्गजहरु, को कति स्थानमा ?


विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका अमेजन कम्पनीका प्रमुख जेफ बेजोस विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिको पाँचौ नम्बरमा पर्न सफल भएका छन् ।

फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सन् २०१८ का शक्तिशाली व्यक्तिहरुको सूचिमा विश्व राजनीति तथा आर्थिक क्षेत्रका तमाम दिग्गजहरुलाई पछि पार्दै बेजोस टप फाइभमा परेका हुन् ।

बेजोससँगै प्रविधि क्षेत्रका अन्य धेरै दिग्गजहरुले आफुलाई विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिहरुको सूचिमा पार्न सफल भएका छन् ।

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स शक्तिशाली व्यक्तिको सूचिमा सातौँ स्थानमा छन् ।

त्यस्तै, गुगलका सिइओ ल्यारी पेज दशौँ स्थानमा रहेका छन् । अर्थात् विश्वका सर्वाधिक १० शक्तिशाली व्यक्तिमध्ये तिनजना प्रविधि क्षेत्रका रहेका छन् ।

फोब्र्सको सर्वाधिक शक्तिशाली व्यक्तिहरुको सूचिमा फेसबुकका सिइओ मार्क जुकरबर्ग १३ औँ स्थानमा परेका छन् ।

चिनिया कम्पनी अलिबाबा ग्रुपका प्रमुख ज्याक मा विश्वका सर्वाधिक शक्तिशाली व्यक्तिको २१ औँ स्थानमा रहेका छन् ।

उता एप्पल कम्पनीका सिइओ टिम कुक २४ औँ स्थानमा रहेका छन् । टेस्लाका एलन मस्क २५ औँ, टोयोटा मोटर्सका आकियो टोयोडा २९ औँ, भारतको रिलायन्स कम्पनीका मुकेस अम्बानी ३२ औँ स्थानमा रहेका छन् ।

त्यस्तै गुगलको मातृ कम्पनी अल्फाबेटका प्रमुख सर्गेय ब्रिन ३५ औँ स्थानमा रहेका छन् भने माइक्रोसफ्टका सिइओ सत्या नादेला ४० औँ तथा डेल कम्पनीका माइकल डेल ५९ औँ स्थानमा रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment