Comments Add Comment

जब सडकमा बग्यो चकलेटको खोला


जब सडकमा चकलेटको लेदो खोला बग्छ, तपाइँ के गर्नुहुन्छ ? सायद पेटभरि चकलेट खाने त्यो अवसर कसैले गुमाउँदैन ।

पोल्याण्डमा बुधबार बिहानै सडकमा चकलेटको खोला बग्यो ।

जब चकलेटको लेदो भरिएको कन्टेनर ट्रक सडकमा पल्टियो तब त्यसभित्र रहेको सबै चलकेट सडकमा पोखिँदा सडकमा खोला नै बग्यो ।

वार्सा र पोजानबीचको राजमार्ग खण्डमा बुधबार बिहान साढे ५ बजे यो घटना भएको हो ।

ट्रक कन्टेनरमा कैयन् टन तरल चकलेट थियो । तिव्र गतिमा गुडिरहेको ट्रक एक्कासी सडक किनाराको बारमा ठोक्कियो र ट्रक अनियन्त्रित भई पल्टियो ।

पुलिसका अनुसार सडकमा चकलेटको खोला बग्दा केहीबेर त बाटो नै अवरुद्ध भयो । ट्रक ड्राइभर समेत गम्भीर घाइते भएका छन् ।

सडकमा पोखिएको चकलेट पखाल्न ठूलो परिमाणमा पानीको खाँचो पर्ने अधिकारीहरुले जनाएका छन् ।

चकलेट जमिसकेपछि त्यसलाई पन्छाउन बरफ भन्दा पनि गाह्रो पर्ने उनीहरुको भनाई छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment