Comments Add Comment

४० कटेकासँग रमाउँदै दीपिका


नायिका दीपिका प्रसाइले करिब आधा दर्जन चलचित्रको अफर अस्विकार गरेपछि चलचित्र ‘छक्का पन्जा ३’मा जोडिइन् । ‘ऐश्वर्य’ डेब्यू नायिकाको यो दोश्रो चलचित्र हो । आफूले आधा दर्जन चलचित्रको अफर आएपनि विविध कारणले नगरेको उनले बताइन् ।

तर, रमाइलो कुरा के छ भने दीपिकाले लगातार २ चलचित्रमा ४० कटेका नायकहरुसँग रोमान्स गर्दैछिन् । पहिलो चलचित्र ‘ऐश्वर्य’मा उनले नायक रमेश उप्रेतीको प्रेमिकाको रुपमा काम गरेकी थिइन् । रमेश ४० बर्ष कटिसकेका नायक हुन् ।

यता, दोश्रो चलचित्र ‘छक्का पन्जा ३’मा उनले कलाकार दिपकराज गिरीसँग रोमान्स गर्दैछिन् । दिपक पनि ४० कटेका कलाकार हुन् । भर्खरैमात्र चलचित्र क्षेत्रमा भित्रदै गरेकी नायिकालाई किन ४० कटेका नायकसँग रोमान्स गर्न मन लागिरहेको होला ? अनलाइनखबरको यो प्रश्नमा दीपिकाले भनिन्-‘सायद, मलाई ४० नै फापेको होला ।’

दिपिकाले आफूले दोश्रो चलचित्रमा काम गर्न लागेको भन्दै आफ्नो तर्फबाट निकै मिहिनेत गर्ने बताइन् ।

‘धुर्मुस’को आवश्यकता हामीलाई भन्दा समाजलाईः दीपकराज गिरी

सुरु भयो ‘छक्का पन्जा ३’को छायांकन, दीपिका र पुष्पल जोडिए(फोटो फिचरसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment