Comments Add Comment

गर्भवती निशाले पेट देखाउँदै भनिन्-‘सानो बाँदर’


नायिका निशा अधिकारी आफ्नो गर्भवती शरीरको सामाजिक सञ्जालमा खुब प्रचारप्रसार गरिरहेकी छिन् । हालै उनले फेसबुक र इन्स्टाग्राममा आफ्नो ठूलो पेटको तस्वीर पोष्ट गर्दै लामो स्टाटस पनि लेखिन् । उनले यसलाई ‘ग्रान्ड फाइनल’ शिर्षक दिएकी छिन् ।

निशाको स्टाटसबाट उनी आफ्नो गर्भमा रहेको बच्चालाई लिएर निकै उत्साहित छन् भन्ने देखिन्छ । त्यसो त हरेक आमाहरु बच्चा जन्माउने बेला यस्तै उत्साहित हुन्छन् । फरक के भने सबैले यसरी पेटको फोटो हालेर प्रचारप्रसार गर्दैनन् ।

निशाले आफ्नो स्टाटसमा लेखेअनुसार उनको बच्चा ४० औं हप्तामा छ । उनले आफ्नो बच्चालाई ‘लिटल मङ्की’ अर्थात् ‘सानो बाँदर’ भनेर सम्वोधन गरेकी छिन् ।

‘म हाम्रो सानो बाँदरसहित फेरि तपाईंहरुसमक्ष प्रकट हुनेछु,’ उनले लेखेकी छिन् । निशाले आफ्नो श्रीमान शरद भेषावकरलाई ‘यूआर द बेस्ट’ पनि भन्न भ्याएकी छिन् ।

निशा यतिबेला अमेरिकामा रहेर बच्चाको प्रतिक्षा गरिरहेकी छिन् । श्रीमान् शरद पनि उनको साथमा छन् । बच्चा जन्माउन अमेरिका जानुले उनी ग्रिन कार्डको चक्करमा रहेको बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment