Comments Add Comment

जेलबाट छुट्न सर्वोच्चकै फैसला कीर्ते

२८ वैशाख, काठमाडौं । जेलबाट छुट्न सर्वोच्च अदालतकै फैसलाको कीर्ते गरेको पाइएको छ ।

काठमाडौंको भद्र बन्दी गृहमा लागूऔषध मुद्दामा कैदी जीवन बिताइरहेका सुनिल तामाङलाई छु्टाउन नानु तामाङले सर्वोच्च अदालतले निर्णय घटाएको सम्बन्धी फैसलापत्र कारागारमा बुझाएपछि फैसला कीर्ते भएको खुलेको हो ।

तामाङले वैशाख २० गते सर्वोच्च अदालतका न्यायाधीशहरु प्रेम शर्मा र देवेन्द्रगोपाल श्रेष्ठले निर्णय घटाइएको फैसला गरेको भन्दै कारागारमा नक्कली फैसलापत्र नै बुझाएकी थिइन् ।

उक्त नक्कली फैसलामा लागू औषध मुद्दामा २ वर्ष सजायँ सुनाइएकोमा घटाएर १ वर्ष बनाएको भन्दै तामाङलाई जेलमुक्त गर्ने निर्णय गरिएको छ । उक्त फैसलाको आधिकारिकतामा शंका लागेपछि जगन्नाथदेवल कारागार कार्यालयले शुक्रबार सर्वोच्च अदालतमा उक्त फैसलाको आधिकारिकता प्रमाणित गरिदिन पत्र पठाएको थियो ।

त्यसको जवाफमा शुक्रबार नै सर्वोच्च अदालतले उक्त फैसला कीर्ते भएको पुष्टी गरेको हो । सर्वोच्चको जवाफी पत्रमा निर्णय घटाएको फैसला गरेको भनिएको दिन न्यायाधीशहरु सुशीला कार्की र देवेन्द्रगोपाल श्रेष्ठ सेवा निवृत्त भइसकेकाले सर्वोच्चको रेकर्डमा नै नरहेको जनाइएको छ ।

उपरजिस्टार प्रल्हादकुमार योगीलेलेखेको पत्रमा भनिएको छ ‘उक्त मुद्दा २०७१/९ १३ मा माननीय न्यायाधीश सुशीला कार्की र माननीय न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासबाट फैसला भइसकेको यस अदालतको रेकर्डबाट देखिएको तर उक्त पत्रसाथ प्राप्त भएको फैसला मिति २०७५/०१/२० मा दुवै माननीय न्यायाधीशहरु सेवा निवृत्तसमेत भइसक्नुभएकाले उक्त फैसला यस अदालतको रेकर्डमा नभएको हुँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन हुन निर्देशानुसार अनुरोध गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment