Comments Add Comment

ब्रेकअपका लागि ३ करोडको प्रस्ताव, गर्लफ्रेण्डले भनिन् रकम कम भो

पुरुषले आफ्नो गर्लफ्रेण्डलाई खुसी पार्नका लागि के के गर्दैनन् ? प्रेमिकाको लागि मोटो रकम खर्च गर्छन् र उनीहरुका हरेक नखरा सहन्छन् ।

प्रेम नै यस्तो चिज हो, जहाँ दुनियालाई भुलेर केवल एउटा मान्छेको मात्र बनिन्छ । तर चीनमा एउटा अनौठो मामिला सार्वजनिक भएको छ । जहाँ एकजना युवकले आफ्नो गर्लफ्रेण्डसँग अलग हुनका लागि ३ करोड रुपैयाँ बराबरको रकम अफर गरे । तर उनकी गर्लफ्रेण्ड भने त्यो रकम कम भएको भन्दै अस्विकार गरिन् ।

नाम नखुलाइएका ती युवकले आफुहरुबीचको सम्बन्ध तोड्न चाहेको भन्दै त्यसका लागि आफुले ३ लाख डलर क्षतिपूर्ति दिने प्रस्ताव प्रेमिका समक्ष राखेका थिए । ती दुईबीच एउटा रेष्टुरेन्टमा भेट भएको थियो जहाँ उनी पैसाका बिटो भरिएको झोला बोकेर प्रेमिका समक्ष ब्रेकअपको प्रस्ताव लिएर गएका थिए । तर प्रेमिकाले त्यो रकम कम भएको भन्दै उनलाई फर्काइदिइन् । ती  युवक चाहीँ रकम भरिएको झोला त्यहीँ छाडेर घर फर्किए । प्रेमिकाले पनि त्यो झोला उठाइनन् र त्यहीँ छाडेर गईन् ।

रेष्टुरेन्ट बन्द गर्ने बेलामा रेष्टुरेन्टका कर्मचारीले त्यो बेवारिसे झोला देखे । झोलाभित्र ठूलो परिमाणमा रकम देखेपछि उनीहरुले पुलिसलाई खबर गरे ।

प्रहरीले रेष्टुरेन्टको ग्राहक डाटाको आधारमा ती युवक र युवतीको पहिचान गर्यो । ती युवक २३ वर्षका छन् र पेशाले आइटी प्रोफेसनल हुन् ।

गर्लफ्रेण्डले आफुसँग ब्रेकअपका लागि ७ लाख ८७ हजार डलर बराबरको रकम माग गरेको उनले बताएका छन् । तर उनले जम्मा ३ लाख डलर मात्र जुटाउन सके र सोही लिएर जाँदा पैसा कम भएको भन्दै गर्लफ्रेण्डले ब्रेकअप अस्विकार गरेकेा उनले बताएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment