Comments Add Comment

पशुपतिमा मोदीको विशेष पूजा, हेर्नुस् १३ तस्वीर

२९ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथ मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् ।

मुक्तिनाथमा पूजा एवं दर्शनपछि प्रधानमन्त्री मोदी हिन्दूहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ आइपुगेका थिए । त्यहाँ उनलार्इ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी लगायतका अधिकारीहरूले स्वागत गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले पूजा आजा एवं दर्शनका क्रममा मन्दिर परिसरमा ५० मिनेट बिताएका छन् । उनलाई नेपाल वेद विद्याश्रमका १०८ ब्राह्मण बटुकले स्वस्तिवाचनसहित मूल मन्दिरभित्र स्वागत गरेका थिए ।

उहाँले पशुपति दर्शन विधिअनुसार पशुपति परिसरका मन्दिरको दर्शन एवं पूजा गरी मूल मन्दिरमा वैदिक रुद्राभिषेकसहित विशेष पूजा गरेका छन् ।

मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment