Comments Add Comment

१० खर्बको सिमा छुँदै गर्दा कसले उछिन्दै छ एप्पललाई ?

आइफोन निर्माता कम्पनी एप्पल विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो र यसको बजार मूल्य १ टि्रलियन अर्थात् १० खर्ब डलर पुग्नै आँटेको छ ।

एप्पल, अमेरिकी इतिहासमै पहिलोपटक १० खर्ब डलर मूल्यको कम्पनी बन्ने क्रममा रहँदा एप्पललाई पछ्याउने केही कम्पनीले उसलाई छिटै नै पछि पार्ने सम्भावना पनि देखिएको छ । र, यो दौडमा तिव्र रुपमा अघि बढिरहेकेा अमेरिकाकै अर्को कम्पनी अमेजन डट कम सबैभन्दा अगाडि छ ।

स्टिभ जब्सले सन् १९७६ मा ग्यारेजबाट सुरु गरेको एप्पल कम्पनीले अहिले वाषिर्क रुपमा २ खर्ब २९ अर्ब डलर आम्दानी गर्दछ । यो भने पोर्चुगल तथा न्युजिल्याण्ड जस्ता विकशित देशको कुल गाह्रस्थ उत्पादन भन्दा पनि बढि हो ।

गत बुधबार एप्पलको बजार मूल्य ९ खर्ब ३४ अर्ब पुग्यो । मंगलबार कम्पनीको त्रैमासिक प्रतिवेदन सार्वजनिक भएको र अमेरिकी धनाढ्य वारेन बफेटले एप्पलको गाह्रस्थ शेयरको खरीद बढाउने घोषणा गरेसँगै गत हप्ता एप्पलको शेयर मूल्य १२ प्रतिशतले बढ्यो । १० खर्ब डलरको बजार मूल्य भन्दा कम्पनीको शेयर मूल्य केवल ८ प्रतिशतले मात्र कम छ ।

एप्पलको म्युजिक स्ट्रिमिंग तथा अनलाइन स्टोरेज लगायतका सर्भिस सेक्टरको आम्दानीमा ३१ प्रतिशतले बढोत्तरी भएको रिपोर्ट इंगित गर्दै विश्लेषकहरुले एप्पलको शेयर मूल्य १९५ डलरबाट २१० डलर पुग्ने प्रक्षेपण गरेका छन् । यदि त्यसो भएमा एप्पल कम्पनीको बजार मूल्य १० खर्ब ३ अर्ब डलर पुग्नेछ ।

तर निरन्तर रुपमा प्रगति गरिरहेको एप्पल १ ट्रिलियन मूल्य भएको पहिलो कम्पनी बन्ने निकै नजिक रहँदा उसको इतिहास रच्ने मौका अरु कसैले खोसिदिने सम्भावना पनि बढेको छ । हाल बजार मूल्य ७ खर्ब ८० अर्ब डलर रहेको अमेजन कम्पनीको वृद्धिदर यति तिव्र छ की उसले एप्पल भन्दा अगाडि नै १० खर्ब डलरको मूल्य छुने सम्भावना रहेको छ । यदि त्यसो भएन भनेपछि एप्पलले १० खर्ब डलरको सीमा पार गरेको केही समयमै अमेजनले पनि त्यो सफलता प्राप्त गर्नेछ र त्यसपछि छिटै नै एप्पललाई पछि पार्नेछ ।

उता साउदी अरेबियाको तेल उत्पादक कम्पनी साउदी अराम्कोले पहिलोपटक अन्तराष्ट्रिय बजारमा शेयर खुल्ला गर्दैछ । जसका कारण कम्पनीको बजार मूल्य २० खर्ब डलर पुग्ने दाबी सरकारी अधिकारीहरुको छ ।

शुक्रबारको बजार मूल्य अनुसार एप्पल भन्दा १ खर्ब ४८ अर्ब कम मूल्य रहेको अमेजनले पछिल्लो समय शेयर मूल्य तथा बिक्रिको दरलाई बढाएको छ । अमेजनको शेयरको बिक्रिदर निकै उच्च छ र अपेक्षित मुनाफाभन्दा १ सय गुणा उच्च मूल्यमा खरीद बिक्रि भैरहेको छ । जबकी एप्पलको यो दर १५ प्रतिशत मात्र छ ।

एप्पलको शेयर मूल्य गतवर्ष भन्दा २४ प्रतिशतले बढेको छ । कम्पनीको पछिल्लो स्मार्टफोन आइफोन एक्सप्रतिको अपेक्षाका कारण एप्पललको शेयर मूल्यमा भारी वृद्धि भएको हो । तर १ हजार डलरको यो स्मार्टफोनको बजार अपेक्षित रहेन । एप्पलको शेयर मूल्यमा हाल भैरहेको वृद्धि चाहीँ शेयरधनीहरुलाई बढि नगद प्रदान गर्ने कम्पनीको घोषित योजनाका कारण भएको बताइएको छ ।

उता पछिल्लो एक वर्षमा अमेजनको शेयर मूल्यमा ७० प्रतिशतले वृद्धि भएकेा छ । यस अवधिमा अमेजनको आम्दानीमा ३१ प्रतिशतले वृद्धि भएको छ । अनलाइन मार्केटिङ र क्लाउड सर्भिस दुबैका उपभोक्ताहरु बढ्दै जाँदा अमेजनको व्यवसाय चम्किएको छ ।

अमेजनले म्युजिक तथा भिडियो सामाग्रीहरु, फायर टिभी डिभाइस तथा अलेक्सा स्मार्ट होम ग्याजेट समेत बेच्ने भएको हुँदा यसले हार्डवेयरको क्षेत्रमा एप्पल तथा गुगलको मातृ कम्पनी अल्फाबेटसँग झनै प्रतिस्पर्धा गरिरहनु परेको छ ।

वालस्टि्रटको बजार मूल्य अनुसार तेश्रो धेरै बजार मूल्य भएको अमेरिकी कम्पनी अल्फाबेट हो, जसको बजार मूल्य ७ खर्ब ६५ अर्ब छ भने चौथो स्थानको माइक्रोसफ्टको ७ खर्ब ४९ अर्ब डलर छ ।

स्मरण रहोस् गत फेब्रुअरीमा मात्र अमेजनले यी दुबै कम्पनीलाई उछिनेको हो ।

पाँचौ स्थानमा रहेको फेसबुकलाई समेत जोड्ने हो भने अमेरिकी बजारका पाँच ठूला कम्पनीको जम्माजम्मी बजार मूल्य २४ खर्ब डलर पुगेको छ ।

अमेजन र एप्पलले यो वर्ष नै १० खबृ डलरको सीमा चुम्ने देखिएकेा भएतापनि माइक्रोसफ्ट सन् २०१९ अगाडि त्यस विन्दुमा पुग्न नसक्ने देखिएको छ । अल्फाबेटलाई चाहीँ १० खर्ब डलर बजार मूल्य पूराउनका लागि सन् २०२० सम्म कुर्नुपर्ने पछिल्ला रिपोर्टले देखाएका छन् । रोयटर्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment