Comments Add Comment

सविनको मोबाइल सपको उद्घाटन गर्न पुगे अनु र शिल्पा

अनु भन्छिन्–‘फोटो राख्दैमा प्रेम नै छ भन्न मिल्दैन’

नायक सविन श्रेष्ठले चलचित्र कर्मसँगै नयाँ व्यवसाय पनि सुरु गरेका छन् । काठमाण्डौको सिटी सेन्टरमा उनले ‘स्टाइल मोबाइल सप’ संचालनमा ल्याएका हुन् । राजन गुरुङ र संजिब नापितसँग मिलेर उनले यो नयाँ व्यवसाय सुरु गरेका हुन् ।

सविन र उनका साथीहरुले सुरु गरेको यो नयाँ व्यवसायको नायिका शिल्पा पोखरेल र सविनकी रुमर प्रेमिका अनु शाहले उद्घाटन गरेका छन् । सविनले चलचित्रसँगै नयाँ व्यवसायलाई पनि अगाडि बढाउने बताए । केही फरक गरौ भन्ने सोचका साथ आफूले यो व्यवसाय सुरु गरेको उनले बताए ।

सो क्रममा नायिका अनु शाह र नायक सविन श्रेष्ठको प्रेमको चर्चा पनि उठेको थियो । अनुले यो बिषयमा भनिन्–‘मैले फोटो राखेँ भन्दैमा लभ नै पर्यो भन्न मिल्दैन नी । हामी राम्रो साथी पनि हुन सक्छौ ।’ नायिका शिल्पा पोखरेलले भने सविन र अनुको जोडी निकै सुहाउने बताइन् । यस्तै, सविनले भने आफ्नो जोडी अनु भन्दा शिल्पासँग बढी सुहाउने बताए ।

अनु र सविनले जती नै लुकाएपनि उनीहरु केही बर्षदेखि गहिरो प्रेममा रहेको कसैबाट लुकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment