Comments Add Comment

पूजाले साइन गरिन् नयाँ फिल्म, अमेरिकामा हुनेछ छायांकन


नायिका पूजा शर्मालाई लामो समयदेखि एउटा आरोप लाग्दै आएको छ । उनलाई निर्देशक सुदर्शन थापाको चलचित्र बाहेक अन्य चलचित्रमा काम नगरेको आरोप लाग्दै आएको हो । सुदर्शन थापा र पूजाले मिलेर निर्माण गरेको नयाँ चलचित्र ‘रामकहानी’ भदौ २२ गते रिलिज हुँदैछ । यहीविचमा, नायिका शर्माले नयाँ चलचित्रमा साइन गरेकी छिन् । पूजाले यसपटक भने सुदर्शनको भन्दा बाहिरी ब्यानरको चलचित्रमा काम गर्न लागेकी हुन् ।

पूजाले काम गर्न लागेको चलचित्रको नाम फाइनल भैसकेको छैन । यो चलचित्रलाई सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गर्दैछन् । चलचित्रको ७० प्रतिशत छायांकन अमेरिकामा हुनेछ । चलचित्रमा नायक दयाहाङ राई पूजाको जोडीको रुपमा हुने प्रवल संभावना छ । मोडल माला लिम्बु पनि चलचित्रमा हुनेछिन् ।

चलचित्रका लागि पूजाले महंगो पारिश्रमिक लिएकी छिन् । यो चलचित्रले अन्तरजातिय प्रेमको कथालाई उठान गर्नेछ । पूजाले अनलाइनखबरसँग भनिन्–‘कथा निकै मनपर्यो र मैले काम गर्न लागेकी हुँ । अफर त मलाई अन्य ब्यानरबाट पनि आएको थियो । तर, धेरै रिजेक्ट गरेँ । यसको कथाले मन छोएपछि नाइ भन्नै सकिनँ ।’ चलचित्रको छायांकन अक्टोबरबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment