Comments Add Comment

दिलिपको ‘रुपै मोहनी’ डान्समा प्रियंका र आँचलको ‘वान्स मोर’


नायक दिलिप रायमाझीको नृत्यको प्रशंसा पहिले पनि हुन्थ्यो र आज पनि हुन्छ । दिलिप रायमाझी नेपालमा नृत्यको मामलामा नम्बर १ नायकको रुपमा चिनिन्छन् ।

उनै, दिलिप रायमाझीको नृत्य हेर्न दर्शक र चलचित्रकर्मीले धेरै समयदेखि पाएका थिएनन् । तर, शनिबार आयोजना भएको एक कार्यक्रममा दिलिप दिल फुकाएरै नाँचे ।

कार्यक्रम थियो, चलचित्र ‘शत्रु गते’को ५१ दिने सेलिव्रेशन पार्टी । सो कार्यक्रममा दिलिपले एक यूवतीलाई जोडी बनाउँदै नृत्य गरे । नायक दिलिप रायमाझीले चलचित्र ‘शत्रु गते’को हिट गीत ‘रुपै मोहनी’मा नृत्य गरेका थिए ।

दिलिप रायाझीले नृत्य गर्दै कार्यक्रममा उपस्थित नायिकाद्धय प्रियंका कार्की र आँचल शर्माको साथमा कलाकार केदार घिमिरेले ‘वान्स मोर’ भन्दै हुटिङ गरे ।

दिलिपले नृत्य गर्दै गर्दा धेरैको प्रतिक्रिया थियो-‘दिलिपलाई नृत्यमा अरु कसैले भेट्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment