Comments Add Comment

गोर्खा बियरलाई एमओएमको साथ

३० वैशाख, काठमाडौं । भारतको अनलाइन मार्केटिङ वेवसाइट म्याड ओभर मार्केटिङ (एमओएम) ले नेपालको गोर्खा बियरको अर्को ‘मिनिमल पि्रन्ट क्याम्पियन’ हामी गोर्खालीलाई आफ्नो अनलाइन, ‘प्ल्याटर्फम’ फेसबुक, इन्ष्टाग्राम पेजमा स्थान दिएको छ ।

आफ्नो सामाजिक सञ्जालको ‘प्ल्याटर्फम’ मा निरन्तर रुपमा बजारीकरणका विषयवस्तु र नयाँ विचार र तरिकाहरू प्रवाह गर्ने कारण एमओएम बिजनेस समुदायमा परिचित छ ।

‘यो क्याम्पियनले गोर्खा बियरको मूख्य ब्राण्ड भ्याल्युलाई निकै राम्रो तरिकाले अभिव्यक्त गरेको छ, कति राम्रो तरिका Û’ गोर्खा बियरको क्याम्पियनको विषयमा एमओएमले भनेको छ, ‘वास्तविक गोर्खालीको साहससँग आवद्ध गरेर गोर्खा बियरले फेरि एक पटक सही ठाउँमा निशाना लगाउन सफल भएको छ ।’

गोर्खा बियरको सन्देश समकालिन अन्य प्रतिस्पर्धीको भन्दा नितान्त फरक रहेको टिप्पणी एमओएमले गरेको छ ।

‘यस पटक ब्राण्डले आफ्नो क्याम्पियनलाई एक कदम अघि लगेर नेपालका त्यस्ता असली साहसी नेपालीहरूलाई देखाएको छ, जसले आफ्नो देशमै बनाइएको बियरलाई गर्वका साथ पिउँछन्,’ एमओएमले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment