शुक्रबार, ११ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

नौ महिनामै १२ अर्ब कमायो टेलिकमले

Suzuki
अनलाइनखबर

३० वैशाख, काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्ष -आव) को ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीद्धारा हालै प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार टेलिकमको नाफा गत वर्षको सोही अवधिको भन्दा चार दशमलव ७२ प्रतिशतले बढी हो । गत आवको नौ महिनामा टेलिकमको नाफा ११ अर्ब ३२ करोड १८ लाख रुपैयाँ थियो ।

वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको समान अवधिको तुलनामा ३ प्रतिशतले बढी हो ।

कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ ल्ााख रुपैयाँ र अन्यबाट ४ अर्ब ४६ करोड ११ लाख आम्दानी गरेको छ ।

यससँर्ग कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ पुगेको छ । जगेडा कोषमा ७९ अर्ब ६९ करोड ५ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी १०५.३९ रुपैयाँ छ ।

हाल सेवाग्राहीको चाहना भ्वाइस भन्दा डाटा सेवातिर बढिरहेको देखिएको कम्पनीको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दै जाँदा र भाइबर, स्काइप, म्यासेन्जर जस्ता ‘ओटीटी’ सेवाको प्रभावका कारण अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी घटिरहेको टेलिकमले जनाएको छ ।

आगामी दिनमा आर्थिक अवस्था मजबुत बनाउनका लागि डाटा सेवा व्यापक रुपमा विस्तार गर्न फाइवर टु दि होम -एफटीटीएच) फोरजी सेवाको विस्तार लगायतका कार्यक्रम अघि बढाइएको कम्पनीले बताएको छ ।

२०७५ वैशाख ३० गते १५:५६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • Sujata Koirala लेख्नुहुन्छ    |   २०७५ वैशाख ३१ गते ९:५८

    नेपाल टेलिकम डुबाएर बेहाल छ । यसैगरी चलेमा अबको २ बर्षमा नेपाल टेलिकम घाटामा चल्छ । एक बर्षमा २ अर्ब आम्दानी गर्ने टेलिकम यस बर्ष १४ करोडपनि आम्दानी गर्न सकेको छैन । अझ पत्रकारलाई तारिफ गर्ने धन्दा चलाएर हुन्छ ?

    6
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this