Comments Add Comment

नौ महिनामै १२ अर्ब कमायो टेलिकमले

३० वैशाख, काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्ष -आव) को ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीद्धारा हालै प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार टेलिकमको नाफा गत वर्षको सोही अवधिको भन्दा चार दशमलव ७२ प्रतिशतले बढी हो । गत आवको नौ महिनामा टेलिकमको नाफा ११ अर्ब ३२ करोड १८ लाख रुपैयाँ थियो ।

वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको समान अवधिको तुलनामा ३ प्रतिशतले बढी हो ।

कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ ल्ााख रुपैयाँ र अन्यबाट ४ अर्ब ४६ करोड ११ लाख आम्दानी गरेको छ ।

यससँर्ग कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ पुगेको छ । जगेडा कोषमा ७९ अर्ब ६९ करोड ५ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी १०५.३९ रुपैयाँ छ ।

हाल सेवाग्राहीको चाहना भ्वाइस भन्दा डाटा सेवातिर बढिरहेको देखिएको कम्पनीको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दै जाँदा र भाइबर, स्काइप, म्यासेन्जर जस्ता ‘ओटीटी’ सेवाको प्रभावका कारण अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी घटिरहेको टेलिकमले जनाएको छ ।

आगामी दिनमा आर्थिक अवस्था मजबुत बनाउनका लागि डाटा सेवा व्यापक रुपमा विस्तार गर्न फाइवर टु दि होम -एफटीटीएच) फोरजी सेवाको विस्तार लगायतका कार्यक्रम अघि बढाइएको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment