Comments Add Comment

यस्तो अस्पताल, जहाँ डाक्टरको भूत गर्छ विरामीको उपचार

जादु टूना तथा तन्त्रमन्त्रका कहानीहरु त धेरै सुन्नुभएको होला । मानिसहरु भूतप्रेत भगाउन तन्त्रमन्त्रको सहारा लिन्छन् । अन्धविश्वासग्रस्त समाजमा विरामीको उपचारमा समेत धामी झाँक्री वा तान्त्रिकको सहारा लिइन्छ ।

तर यो दुनियाँमा एउटा यस्तो अस्पताल छ, जहाँ विरामीको उपचार गर्न भूतको सहारा लिइन्छ ।

भारतको उत्तरप्रदेशस्थित गोरखपुरमा यस्तो अस्पताल रहेको छ । जहाँ मरेका मानिसका आत्माले रोगीको उपचार गर्दछ ।

यो अस्पताल बाहिर फोहोरले भरिएको एउटा खाडल छ । विरामीको उपचारका लागि सुरुमा सोही खाडमा डुबाइन्छ । उक्त खाडलमा भूत आउने र विरामीको उपचार गर्ने दाबी तान्त्रिकहरुको छ ।

खाडलमा डुबाएर बाहिर निकालेपछि तान्त्रिकहरुले तन्त्रमन्त्र पढ्न सुरु गर्दछन् र बिरामीको शरीरबाट रोग भगाउने भन्दै कुटपिट गर्दछन् ।

भूतले उपचार गर्ने यो अस्पताल अन्धविश्वास बाहेक केही होइन । तर हजारौं मानिसहरु वर्षेनी आफ्ना परिवारजन तथा आफन्तको उपचारका लागि यहाँ आएर फोहोरको खाडलमा चोपल्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment