Comments Add Comment

प्रदेश १ को नाम र राजधानी जेठ महिनाभित्रै : मुख्यमन्त्री राई


३० वैशाख, विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को स्थायी राजधानी र नामाकरण जेठ महिनाभित्रै टुङ्गो लगाउने बताएका छन् ।

प्रदेश सरकारले त्यसका लागि मुख्य दलका नेताहरुसंग परामर्श गरिरहेको उनले बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश १ निर्वाचन समितिद्वारा आइतबार विराटनगरमा आयोजित पदस्थापन समारोहमा मुख्यमन्त्री राईले भने ‘वहुमतले प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लगाउने पक्षमा प्रदेश पटक्कै छैन, सहमतिको आधार खोज्ने क्रममा प्रदेश सरकार जुटेको छ, जेठ महिनाभित्रै यस प्रदेशले नाम र स्थायी राजधानी पाउने छ’ उनले भने ।

कार्यक्रममा प्रदेशसभा १ कि उपसभामुख सरस्वती पोखरेलले मुलुकलाई छिट्टै विकास गर्न संघीय संरचनाले धेरै ठूलो भूमिका निर्वाह गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment